जाम घटाउन अड ईभन नियम लागू गर्दै सरकार; बदलियो विद्यालयको समय तालिका

गान्तोक, २५ अक्टोबरः गान्तोकमा लगातार बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न सिक्किम सरकारले गान्तोक नगर निगम क्षेत्रभित्र वाहन चलाचलमा पुनः अड ईभन नियम लागू गर्ने भएको छ। यो नियम आगामी ५ नोभेम्बरदेखि गान्तोक नगरनिगम क्षेत्रको राष्ट्रिय राजमार्ग १० मा लागू हुनेछ। सिक्किम सरकारको परिवहन विभागले जारी गरेको नयाँ अधिसूचना अनुसार अड ईभन नियम सरकारी तथा निजी वाहनका लागि लागू हुनेछ। ५ नोभेम्बरदेखि यो नियम बिहान नौ बजे देखि १२ बजेसम्म अनि दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म लागू रहनेछ। गान्तोक बजार भित्रका अन्य सड़क मार्गमा भने अड ईभन नियम लागू हुनेछैन।

अधिसूचना अनुसार सिक्किम सरकारको विभिन्न विभागमा सेवारत अतिरिक्त सचिव अनि यसभन्दा माथिका कर्मचारीले प्रयोग गर्ने सरकारी वाहनलाई अड ईभन नियम लागू हुनेछैन्। पुलिस, अग्निशमन, आपदकालिन सेवा, ट्याक्सी वाहन र दुई चक्के वाहनलाई यो नियम बाहिर राखिएको छ। सरकारले नागरिकहरूको सुविधालाई ध्यानमा राखेर दिउसो १२ देखि ३ बजेसम्म सबै दिन अड ईभन नियमबाट छुट दिएको छ भने दोस्रो र चौथो शनिवार अनि सबै सरकारी विदाका दिन अड ईभन नियम लागू रहने छैन्। यो नियम पालन नगर्ने वाहनलाई परिवहन ऐन १९८८ को धारा १७७ अनि १७९ को उपधारा (१) को आधारमा जरिमाना लगाइने विभागले जारी गरेको अधिसूचनामा जनाइएको छ। अड ईभन नियम राष्ट्रिय राजमार्ग १० को मेफेयर फाटक देखि गान्तोक जिरो पोइन्टसम्म लागू रहनेछ।

परिवहन विभागले गान्तोक नगर निगम क्षेत्रभित्र अड ईभन नियम लागू गर्ने अधिसूचना जारी गरेपछि सिक्किम सरकारको शिक्षा विभागले गन्तोक नगर निगम क्षेत्र भित्र पर्ने सरकारी तथा निजी विद्यालयको समय तालिका पनि फेरबदल गरेको छ। शिक्षा विभागले जारी गरेको नयाँ आदेशअनुसार ५ नोभेम्बरदेखि नगर निगम क्षेत्र भित्रका सरकारी बिहान ८ बजे खुलेर दिउसो २.१५ बजेभित्र बन्द हुनुपर्नेछ भने निजी विद्यालय बिहान ८ बजेभन्दा अघि खुलेर दिउसो १२.३० देखि २.१५ भित्रमा बन्द हुनुपर्नेछ। विभागले दुई सिफ्ट सञ्चालन गरिरहेको आरिथाङ स्थित सीएस राई माध्यमिक विद्यालय, सिच्चे उच्चतर माध्यमिक विद्यालय र बोझोघारी उच्चतर माध्यमिक विद्यालयलाई भने नयाँ समय तालिकाको परिधि बाहिर राखेको छ। नयाँ समय तालिका गान्तोक नगर निगम भित्रका १५ वटा सरकारी विद्यालय र १७ वटा निजी विद्यालयमा लागू हुनेछ।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह