त्रिकोणीय हुँदै दुई निर्वाचन क्षेत्रको उपचुनाउ

गान्तोक, २५ अक्टोबरः सिक्किमका दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउ त्रिकोणीय हुने भएको छ। उपचुनाउका लागि नामाङ्कन दर्ता गर्ने आज अन्तिम दिन सिटिजन एक्सन पार्टी सिक्किमले पनि उम्मेद्वार मैदानमा उतारेपछि उपचुनाउ त्रिकोणीय हुने भएको हो। सोरेङ-च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका लागि एसकेएम र एसडीएफ पार्टीका उम्मेद्वारले अघिबाटै नामाङ्कन दर्ता गरिसकेका थिए भने नामाङ्कनको अन्तिम दिन सिटिजन एक्सन पार्टी सिक्किमले नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट महेश राई अनि सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट पबिनहाङ सुब्बालाई उम्मेद्वार घोषणा गऱ्यो।

आगामी १३ नोभेम्बरका दिन यि दुवै निर्वाचन क्षेत्रमा उपचुनाउ हुनेछ। भारतीय जनता पार्टी सिक्किमले भने पार्टीको केन्द्रिय नेतृत्वको आदेश बताउँदै उपचुनाउमा भाग नलिने जानकारी गराएको छ। उपचुनाउमा नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीबाट सतिश चन्द्र राई, एसडीएफ पार्टीबाट डानियल राई अनि सिटिजन एक्सन पार्टीबाट महेश राई उम्मेद्वार रहेका छन्। यसरी नै सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट पूर्व विधायक आदित्य गोले एसकेएमका उम्मेद्वार रहेका छन् भने एसडीएफ पार्टीले प्रेम बहादुर भण्डारी र सिटिजन एक्सन पार्टीले पोबिनहाङ सुब्बालाई उम्मेद्वार बनाएको छ।  

उल्लेखनीय छ, गत विधानसभा चुनाउमा नाम्ची-सिङ्गीथाङ निर्वाच क्षेत्रबाट एसकेएम पार्टीकी कृष्ण कुमारी राई र सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले विजयी बनेका थिए। मुख्यमन्त्री गोले रिनाक निर्वाचन क्षेत्रबाट पनि उठेर विजयी बनेका कारण उनले उपचुनाउका लागि सोरेङ-च्याखुङ निर्वाचन क्षेत्र छोडेका थिए भने कृष्ण कुमारी राईले पनि विधायक पदबाट राजीनामा दिएपछि नाम्ची-सिङ्गीथाङमा पनि उपचुनाउ हुने भएको हो।

सिटिजन एक्सन पार्टीका उम्मेद्वार महेश राई र पबिनहाङ सुब्बाले आ-आफ्नो निर्वाचन क्षेत्रबाट गत विधानसभा चुनाउ लडिसकेका छन्। सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रबाट गत विधानसभा चुनाउमा एसडीएफ पार्टीले डा. एडी सुब्बालाई चुनाउ मैदानमा उतारेको थियो जबकी नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट विधानसभा चुनाउ एसडीएफको टिकटमा विमल राईले लडेका थिए।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह