गान्तोक, २३ अक्टोबर: खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान-२०६२ रत्ननगर, चितवन, नेपालले सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलाई पद्मश्री साधना सम्मान-२०८० प्रदान गरेको छ।
नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घसाधना गरेकोमा यस प्रतिष्ठानद्वारा चामलिङलाई सम्मानित गरेको हो।
नेपालको राजधानी काठमाडौंमा मङ्गलबार आयोजित भव्य कार्यक्रममा नगद राशी तीन लाख रुपियाँ समेतको सम्मान अर्पण गरिएको एउटा प्रेस विज्ञप्तीमा जनाइएको छ।





