असम राज्य बन्यो नर्थ ईस्ट टिम चेस च्याम्पियन

गान्तोक, २३ अक्टोबर: नर्थ ईस्ट टिम चेस च्याम्पियनशिपमा असम विजयी बनेको छ। सिक्किम चेस एसोसिएसनले पहिलो पल्ट यो प्रतियोगिता गान्तोकमा आयोजन गरेको थियो। २१ अक्टोबरदेखि गान्तोकको जनता भवनमा आयोजन भएको प्रतियोगिता बुधबार समाप्त भएको छ। यसमा अरुणाचल प्रदेशको टिम दोस्रो र मेघालय तेस्रो बनेको छ। प्रतियोगितामा पूर्वोत्तरबाट मिजोरम राज्यको अनुपस्थित कारण सिक्किमको दुईवटा टिमले भाग लिएको थियो भने सिक्किमको टिमले छैटौं स्थान प्राप्त गरेकाे छ।
पहिलो पल्ट आयोजित टिम चेस च्याम्पियनशिपमा विजयी टिमलाई आयोजक सिक्किम चेस एसोसिएशनले दुई लाख रुपियाँको नगद पुरस्कार प्रदान गरेको छ। उपविजेता टिमले डेढ लाख रुपियाँ र तेस्रो स्थानमा आउने टिमले एक लाख रुपियाँ पुरस्कार राशि प्राप्त गरेका छन्।
सिक्किममा पूर्वोत्तर क्षेत्रका राज्यहरूलाई लिएर टिम च्याम्पियनशिप आयोजना गर्दा राज्यका नव प्रतिभाशाली खेलाडीले धेरै फाइदा पाएको सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकालले जानकारी दिएका छन्। सिक्किमका दुई राम्रा खेलाडीले यस प्रतियोगितामा सहभागिता दिन नसकेको भएपनि राज्यका खेलाडीहरूले गरेको प्रदर्शन राज्यको चेस भविष्यका लागि आशाजनक रहेको उनले बताए।
नर्थ ईस्ट टिम चेस च्याम्पियनशिपको समापन अवसरमा उपस्थित रहेका साउथ एसियन चेस काउन्सिलका अध्यक्ष धर्मेन्द्र कुमारले विगत दश वर्षमा पूर्वोत्तर क्षेत्रका खेलाडीले चेसमा राम्रो प्रगति गरिरहेको बताए। पहाडी क्षेत्र भएको कारण पूर्वोत्तरमा चेस खेलको विकासमा धेरै कठिनाइ रहेपनि खेलमा भइरहेको प्रगतिलाई उनले सन्तोषजनक बताएका छन्। अध्यक्ष धर्मेन्द्र कुमारले सिक्किम चेस एसोसिएशनको पक्षबाट प्रस्ताव आएको खण्डमा सहयोगमा हात बढाउने बताए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह