केन्द्र सरकारद्वारा सिक्किममा सडक मार्ग विकासको लागि ३८०.९४ करोड रुपियाँ अनुमोदन

गान्तोक, २२ अक्टोबर: सिक्किम सरकारका जनकार्य मन्त्री नरबहादुर दाहालले आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय राजमार्ग परियोजना समीक्षा सम्मेलनमा भाग लिए। पूर्वोत्तर क्षेत्रमा एनएचआईडीसीएलद्वारा सञ्चालित विभिन्न परियोजनाहरुबारे आयोजन गरिएको सम्मेलनमा राष्ट्रिय राजमार्ग परियोजना कार्यन्वयनमाथि छलफल भएको थियो।

बैठकले सिक्किमको पूर्वाधार विकासलाई जोर दिँदै सिक्किममा २६० किलोमिटर दुरी लामो १८ परियोजनाहरूबारे पनि छलफल गरिएको थियो। मन्त्री दाहालले राजमार्ग एवं पूर्वाधार मन्त्री नितिन गडकरीको दुरदर्शी नेतृत्व र सिक्किमको पूर्वाधारको विकासमा एनएचआईडीसीएलको सहयोगका लागि आभार व्यक्त गरे।

उनले एनएचआईडीसीएल र राज्य सरकारबीचको  सहकार्यलाई सहज बनाउन र परियोजनाहरु निर्धारित समयमै सम्पन्न गर्न आफ्नो सहयोगको वचन पनि दिए। यस बैठकले परियोजनाहरुको प्रगति समीक्षा गर्न र विचाराधीन मुद्दाहरू समाधान गर्न राज्य सरकार,  ठेकेदारहरू लगायत मुख्य सरोकारवालाहरूलाई एकसाथमा ल्याएर परियाजनालाई सफल पार्न मदत पुगेको उनले उल्लेख गरे। मन्त्री दाहालले परियोजनाहरुमा उत्पन्न चुनौतीहरूलाई समाधान गरेर पूर्वाधार परियोजनाहरू समयमै पूरा गर्ने कुरामा पनि विश्वस्त व्यक्त गरेका छन्।
यसैबीच केन्द्र सरकारले राज्यका प्रमुख सड़क मार्गहरूको निर्माण र स्तरोन्नति र विकासका लागि  ३८०.९४  करोड रुपियाँ स्वीकृत गरेको छ। यो रकम विशेष गरेर राज्यका सड़कमार्गहरूलाई दुई लेनमा बढाउने कार्यमा प्रयोग गरिनुपर्नेछ। भारत सरकारका सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह