एसकेएम उम्मेद्वार आदित्य गोले र सतिश चन्द्र राईले बुझाए नामाङ्कन

गान्तोक, २१ अक्टोबर: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका एसकेएम पार्टी उम्मेद्वार सतिश चन्द्र राई र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट आदित्य गोले नामाङ्कन दर्ता गरेका छन्। नाम्चीका उम्मेद्वार सतिश चन्द्र राईले नाम्ची जिल्लाको जिल्लापाल कार्यालयमा नामाङकन पत्र बुझाए भने आदित्य गोलेले सोरेङ जिल्लापाल कार्यालयमा नामाङ्कन दर्ता गरेका छन्।
नाम्चीमा सतिश चन्द्र राईको नामाङ्कन अवसरमा पूर्व विधायक कृष्णा कुमारी राई, विधानसभा उपाध्यक्ष राजकुमारी थापा, चुनाव प्रचार प्रसार प्रभारीहरू मन्त्री अरूण उप्रेती, भोजराज राई, विधायक सोनाम भेञ्चोङपा, एनबी प्रधान, एल बी दास, दिले नामग्याल बर्फुङ्पा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, उपाध्याक्ष विकास तामाङ, लगायत पार्टीका कार्यकर्ता साथै नेतृत्ववर्गको उपस्थिति रहेको थियो।
सोरेङमा आदित्य गोलेले नामाङ्कन पत्र बुझाउन अघि सोरेङ डाँडा बजारदेखि पार्टी समर्थकहरुले भव्य स्वागत जनाएका थिए। यस अवसरमा विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ सुब्बा, विधायकहरू क्रमैले लोकनाथ नेपाल, इरुङ तेञ्जिङ लेप्चा, मदन सिञ्चुरी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष एवं सोरेङ जिल्लाका उपाध्यक्ष प्रभारी डीबी गुरुङ, जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष, पार्टीका विभिन्न प्रकोष्ठका पदाधिकारीगण र पार्टी समर्थकहरुको व्यापक उपस्थिति रहेको थियो। उम्मेदवार आदित्य गोलेलाई सोरेङ-च्याखुङका पार्टी कार्यकर्ताहरुले मल्ली र चिरबिरेमा पनि भव्य स्वागत जनाएका थिए।
उम्मेदवार गोलेले नामङ्कन पत्र बुझाउनुअघि सिङलिङस्थित आफ्नो पैतृक घरमा पूजापाठ गरे अनि आफ्नी हजुरआमा धन माया तामाङ र आमा शारदा तामाङबाट आशिर्वाद लिए। पछि पार्टी कार्यकर्ताहरुले उनलाई सोरेङ डाँडा बजारदेखि भव्य स्वागत गरेर बजार परिसर हुँदै नामङ्कनको निम्ति जिल्ला कार्यलयसम्म पुर्‍याएका थिए।
विशेष गरेर आगामी १३ नोभेम्बरमा सम्पन्न हुने सिक्किम विधानसभाको उप चुनाउको निम्ति हिजो मात्र एसकेएम पार्टीले राजधानीस्थित पार्टी मुख्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै नाम्ची सिङ्गीथाङ र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा उपचुनाउलाई लिएर उम्मेद्वारको घोषणा गरेको थियो जसमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति पूर्व विधायक अदित्य गोले र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको निम्ति पार्टीका बरिष्ठ नेता सतिश चन्द्र राईलाई एसकेएम पार्टीको उम्मेद्वारको रूपमा घोषणा गरेको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह