गान्तोक, २१ अक्टोबरः सिक्किम निवासी दुई व्यक्तिलाई जाली नोट राखेको आरोपमा गुवाहाटी पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा दक्षिण सिक्किमका ३५ वर्षीय पूर्ण मणि राई र ५१ वर्षीय राम कुमार खाती हुन्।
पुलिसले दुई आरोपीबाट ढेड़ लाख रुपियाँ बराबरको ३०० वटा जाली नोट जफ्त गरेको छ। दुवैलाई पाँच सय रुपियाँका जाली नोट राखेको आरोपमा गरचुक पुलिसले गुवाहाटीको इन्टर स्टेट बस टर्मिलबाट पक्राउ गरेको बताइएको छ।
गुप्त सूचनाका आधारमा पुलिसले आरोपी दुई व्यक्तिको तलासी लिंदा जाली नोट फेला पारेको थियो। पुलिसले दुवैजनाको मोबाइल फोन पनि जफ्त गरेर आरोपी विरुद्ध छानबिन गरिरहेको बताइएको छ।