उत्तर सिक्किमको सड़क मरमत; केन्द्रले शुरु गऱ्यो पहल

गान्तोक, ९ अक्टोबर: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उत्तर सिक्किमको सड़क मरमतलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षण गराएपछि यसबारे केन्द्रले त्वरित कदम अघि बढ़ाएको छ। भारत सरकारका रक्षा मन्त्रीद्वारा सासंद सुब्बालाई आज पठाइएको पत्रबाट सो कुरा थाहा पाइएको छ।

उक्त विषयमाथि छानबिन भइसकेको र यस सम्बन्धमा सिक्किमको सड़क पूर्वाधारको पुनर्स्थापनाका लागि ठोस् प्रयासको आवश्यक्तामा सम्बन्धित मन्त्रालयका सचिवहरूसँग ५ अगस्त २०२४ मा क्याबिनेट सचिवद्वारा बैठक आयोजना गरेको र उक्त बैठकमा भएको छलफलका आधारमा सिक्किममा छिट्टै सड़क पुनर्स्थापनाका लागि कार्ययोजना बनाइएको पत्रमा उल्लेख छ।

यसबाहेक बीआरओ-ले धेरै खण्डहरूमा जड़ान पुनर्स्थापित गरेको तर भारी वर्षाका कारण अन्य खण्डहरूमा पुनर्निर्माणमा समय लागेको पनि बताइएको छ। पत्रमा अझ भनिएको छ – “ राष्ट्रिय राजमार्ग ३१०ए र ३१०एजी का सम्बन्धमा सडक यातायात तथा राजमार्ग मन्त्रालयले ८ जुलाई २०२४ मा रक्षा मन्त्रालयलाई जिम्मा दिएको र द्रुत गतिमा कार्य प्रारम्भ गर्ने प्रयास भइरहेको छ”। 

सिक्किम सरकारको सहयोग, समयमै स्वीकृति र काम शुरु गर्नका लागि जमिन अधिग्रहण अनि वन निकासीलाई तीव्रता दिन आवश्यक हुने र यसैबीच बीआरओ-ले सडकको पुनर्स्थापना र आवश्यकता परेको समय जडान सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेको पनि पत्रमा उल्लेख गरिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह