रक्षा मन्त्रीको उपस्थितिमा भारतीय सेनाले गान्तोकमा सेना कमाण्डर सम्मेलन आयोजना गर्ने

गान्तोक, १० अक्टोबर: भारतीय सेनाले चलिआएको परम्परालाई पर सार्दै, परिचालन नेतृत्त्वमा प्रथमपटक गान्तोकमा सेना कमाण्डर सम्मलेन आयोजन गर्नेछ। सम्मेलन ११ देखि १२ अक्टोबरमा आयोजित गरिनेछ जसमा रक्षा मन्त्री राजनाथ सिंह लगायत वरिष्ठ सेना अधिकारीहरू सहभागी रहनेछन्।

सम्मेलन महत्त्वपूर्ण सामरिक विषयलाई सम्बोधित गर्न, रक्षा तयारीको चर्चा गर्न र तेज गतिले विकास भइरहेको सुरक्षा वातावरणमा परिचालन तयारी बढाउन लक्षित छ। सेनाका उच्च अधिकारीहरूको जमघटले परिचालन क्षमतालाई बलवर्धन गर्नका साथै समकालीन चुनौतीहरूसँग अनुकूलित बन्ने भारतीय सेनाको प्रतिबद्धता रेखाङ्कित गर्दछ।

रक्षा मन्त्री राजनाथ सिंहले ११ अक्टोबरको दिन गत वर्ष ३-४ अक्टोबरमा आएको हिमताल विस्फोटपछिको बाढीमा (जीएलओएफ) दुखद ज्यान गुमाउने २२ सैनिकलाई समर्पित प्रेरणा स्थलको अनावरण गर्नेछन्। पूर्व सिक्किमको बर्दाङमा अवस्थित यो स्मारक, कर्तव्य पालनको क्रममा साहस अनि बलिदानको साक्षी बन्नेछ भने यसले भावी पिँढीलाई प्रेरणा दिने काम पनि गर्नेछ।

रक्षा मन्त्रीले १२ अक्टोबरको दिन बढा दशैंको अवसरमा पारम्परिक शस्त्र पूजामा पनि भाग लिनेछन्, जसले भारतीय सेनाको गहिरो सांस्कृतिक विरासत प्रतिबिम्बित गर्दछ। यस समारोहमा कलश पूजा अनि वाहन पूजा सामेल रहनेछ, जसले राष्ट्रिय सार्वभौमिकताका संरक्षकका रूपमा सैन्य उपकरणप्रतिको श्रद्धाभाव प्रकाश पार्दछ।
समाचार स्रोत- पीआईबी

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह