सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठकलाई मुख्यमन्त्रीले गरे अध्यक्षता

गान्तोक, ५ अक्टोबरः मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठक आयोजित भएको छ। शनिवार चिन्तन भवनमा आयोजित बैठकमा काउन्सिलका उपाध्यक्ष तथा स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेल, काउन्सिलका अन्य सदस्य, सिक्किम राज्य एड्स नियन्त्रण सोसाइटी तथा एड्स निवारण कार्यक्रमसँग सम्बन्धित हितधारकहरूको उपस्थिति रहेको थियो।

एचआईभी एड्ससँग सम्बन्धित कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै २०३० भित्र यस रोगमा नियन्त्रणको लक्ष्यका साथ सिक्किम काउन्सिल अन एड्सको गठन २०२१ मा भएको थियो। मुख्यमन्त्री पीएस गोले स्वयं अध्यक्ष रहेको यस काउन्सिलको पाहिलो बैठक आज सम्मान भवनमा आयोजन गरिएको थियो। यस अवसरमा एड्स निवारण सम्बन्धित भइरहेका कार्यक्रममा कार्यक्रम प्रभावी ढङ्गमा अघि बढाउनका लागि गरिनुपर्ने कार्यबारे चर्चा भएको छ। बैठकले अहिलेसम्म आयोजिक कार्यको समीक्षा गरेको साथै भविष्यका रणनीतिक पहलबारे पनि छलफल गरेको छ।

बैठकलाई  सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले राज्यमा स्वास्थ्य सेवामा बुनियादी ढाँचालाई मजबूत गराउँदै एचआईभी रोकथाम, रोगीहरूलाई सहयोग र उपचार समान रुपले सुनिश्चित गर्न सरकारका प्रतिवद्धता माथि प्रकाश पारे। उनले यसको नियन्त्रण र रोकथामका लागि व्यापक जागरुकता अभियानको सञ्चालन गर्नुपर्ने पनि बताएका छन्।

राज्यका एचआईभी एड्स रोगीहरूको सहयोगमा प्रतिवद्धताका साथ थप आवश्यक काम गर्ने बताउँदै एड्स रोगीहरूको देखभाल र सेवा सुनिश्चित गर्नका लागि सञ्चालित केयरिङ सेन्टरमा केन्द्रिय सहयोग बन्द भए त्यसलाई राज्य सरकारले निरन्तरता दिने मुख्यमन्त्रीले बताए।

बैठकमा काउन्सिलका वरिष्ठ सदस्यहरू साथै नागरिक समाजका प्रतिनिधिहरूबाट पनि सुझाउ आएका थिए जसमा अन्तर-एजेन्सी समन्वय अभिवृद्धि गर्ने उद्देश्यका नवीन रणनीतिहरू अघि राखिएको थियो। प्रस्तावहरूले सामुदायिक पहुँच प्रयासहरू विस्तार गर्नुपर्ने साथै सरकारी विभाग, गैर-सरकारी संस्थाहरू र सामुदायिक समूहहरू बीचको साझेदारीलाई बलियो बनाउनु पर्ने आवश्यकतामा जोड दिइएको थियो।

बैठकलाई सम्बोधनको क्रममा मुख्यमन्त्री गोलेले एचआईभी/एड्स विरूद्ध राज्यको अभियानमा सहयोगी प्रयासहरूको महत्त्वलाई जोड दिँदै काउन्सिलका सदस्यहरूको योगदानको सराहना गरे। अभियानमा एकिकृत प्रतिक्रिया सुनिश्चित गर्न विभिन्न निकाय र नागरिक समाजले मिलेर काम गर्नुपर्ने बताउँदै सिक्किमको स्वास्थ्य सेवा प्रणाली एचआईभी/एड्स महामारीबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न चुस्त, समावेशी र सक्रिय हुनुपर्ने सुझाउ राखे।

मुख्यमन्त्री गोलेले एड्स नियन्त्रण सम्बन्धमा बोल्दै भने “हामी सबैले यस महामारीसँग लड्न एकजुट र दृढ प्रतिबद्धताका साथ काम गर्नुपर्छ। हाम्रा प्रयासहरू सामूहिक र व्यापक हुनुपर्छ। सार्वजनिक स्वास्थ्य खतराको रूपमा रहेको एचआईभी/एड्सलाई पूर्ण रूपमा उन्मूलन गर्ने संकल्पलाई बलियो बनाउनु पर्छ।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह