सिक्किमले पालन गऱ्यो नरबहादुर भण्डारी जयन्ती; मुख्यमन्त्रीले गरे भण्डारीको समर्पित सेवा भावलाई अनुकरण गर्ने वाचा

गान्तोक, ५ अक्टोबर: भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ८४औं जन्मजयन्ती गान्तोकमा पालन गरिएको छ। सम्मान भवनमा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री पीएस गोलेले भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको तश्वीर अघि द्वीप प्रज्वलन साथै पुष्पाञ्जलि चढाएर श्रद्धाञ्जली दिए।
यस अवसरमा सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रीगण, विधायकहरू, सांसद, जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष, गान्तोक महानगरपालिका मेयर, उपमेयर साथै पार्षद, सिक्किम सरकारका वरिष्ठ अधिकारी र पूर्व विधायकहरूको उपस्थित रहेको थियो।
जानकारी गराइन्छ, वर्तमान सरकारले २०१९ देखि भण्डारी जयन्तीमा सरकारी विदा घोषणा गरेको छ, साथै जन्मजयन्ती पालन शुरु गरेको छ। आजको कार्यक्रम अवधि नरबहादुर भण्डारी महाविद्यालय गान्तोककी गीता निरौलाले नरबहादुर भण्डारीको जीवनमाथि प्रकाश पारेकी थिइन्।
आज भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको जन्मदिनको अवसरमा मुख्यमन्त्री पीएस गोलेले उनको सम्झना गर्दै भनेका छन् “सिक्किमका दोस्रो मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको जन्मजयन्तीमा म दूरदर्शी नेतालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु जसको उल्लेखनीय योगदानले हाम्रो राज्यको इतिहासलाई आकार दिएको छ।”
भूतपूर्व मुख्यमन्त्री भण्डारीको जनतहितका लागि अटल प्रतिबद्धता र सिक्किमको विकासका लागि उनको दूरदर्शी दृष्टिकोणले धेरै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको मुख्यमन्त्री पीएस गोलेले बताएका छन्। भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषा समावेश गर्नु उनको सबैभन्दा उल्लेखनीय उपलब्धि रहेको र यस ऐतिहासिक कार्यले नेपाली भाषी समुदायको भाषिक अधिकारको संरक्षण मात्र होइन राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानलाई पनि उचाइमा पुर्‍याएको मुख्यमन्त्री गोलेले बताएका छन्।
मुख्यमन्त्रीले अघि भनेका छन्, “नरबहादुर भण्डारीको अनुकरणीय शासन, निष्ठा र दूरदर्शिताले नेतृत्वका लागि उच्च स्तर स्थापित गऱ्यो, जसले सिक्किम र देशका जनताबाट गहिरो सम्मान र प्रशंसा कमाएको थियो। उनको सेवा, न्याय र समानताको दिगो विरासतले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहेको छ ।”
“भण्डारी जयन्ती” भुतपूर्व मुख्यमन्त्रीप्रति एसकेएम सरकारको विनम्र श्रद्धाञ्जली हो भन्दै सिक्किमको कल्याण र समृद्धिको लागि उनको समर्पित सेवाको मार्गलाई सधैँ अनुकरण गर्ने वाचा गर्दछौँ भनि मुख्यमन्त्री गोलेले बताएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह