हिमतालहरूको अध्ययन र जोखिम न्यूनिकरणमा सहयोग दिन मुख्यमन्त्रीले गरे सम्बन्धित क्षेत्रका निवासीहरूलाई आग्रह

गान्तोक, ४ अक्टोबरः प्राकृतिक प्रकोपका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले शुक्रवार आपदा जोखिम न्यूनिकरण कार्यक्रम आयोजन गऱ्यो। राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका सल्लाहकार एसए रिज्वीको विशेष उपस्थितिमा गान्तोकको चिन्तन भवनमा आयोजित समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिका रुपमा उपस्थित थिए।

३ र ४ अक्टोबर २०२३ को टिस्टा बाढ़ीको एक वर्ष पूरा भएको अवसरमा यो कार्यक्रण आयोजन गरिएको थियो। आपदा र यसको जोखिम न्यूनिकरण क्षेत्रमा काम गरिरहेका विशेषज्ञको उपस्थितिमा आयोजित कार्यक्रमको माध्यमबाट सिक्किमका मानिसहरूलाई यहाँको जोखिमपूर्ण अवस्था, यसको न्यूनिकरणका उपाय साथै अपदाका समय अपनाउनुपर्ने सावधानी बारे जागरुक गराउन कार्यक्रमबाट प्रयास गरिएको थियो।  

टिस्टा बाढ़ी र यसबाट  सिर्जित आपदामा ज्यान गुमाएका मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री पीएस गोलेले सम्पति गुमाउनेप्रति समवेदना व्यक्त गरे। सिक्किमेको एकताको कारण टिस्टा बाढ़बाट भएको आपदाबाट सिक्किम केही हदसम्म उठ्न सकेको बताउँदै बाढ़ पीडित मानिसहरूको पक्षमा सरकारले एक वर्षको अवधिमा गर्नुपर्ने काम गरेको र पुनर्वास कार्य प्रगतिमा रहेको बताए। मुख्यमन्त्रीले गत वर्षको आपदा समय भारत सरकारले सहयोग पुऱ्याएको बताउँदै प्रधानमन्त्री, गृह मन्त्री साथै आपदाको समय सहयोग पुऱ्याउने भारतीय सेना, बीआरओ, एनडीआरएफ, एसडीआरएफ, पुलिस, राज्य प्रशासन, गैर सरकारी संगठन लगायत अन्य सहयोगीप्रति आभार व्यक्त गरे।

सिक्किमका १६ वटा हिमताल जोखिमपूर्ण स्थितिमा रहेकाले सरकारले यी हिमतालको वर्तमान अवस्था र जोखिम न्यूनिकरण उपायहरू बारे अध्ययन गरिरहेको मुख्यमन्त्री गोलेले जानकारी दिए। राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणको सहयोगमा हिमताल जोखिम न्यूनिकरणको प्रयास भइरहेको बताउँदै मुख्यमन्त्रीले हिमताल सम्बन्धि क्षेत्रमा बसोबासो गर्ने मानिसहरूबाट अध्ययन लगायतका अन्य सरकारी कार्यमा पूर्ण सहयोग हुनुपर्ने आग्रह गरेका छन्। जोखिमपूर्ण अवस्थामा रहेका हिमतालहरू फुटेको खण्डमा सबैभन्दा बढी स्थानीय मानिसहरू नै प्रभावित हुने भएका कारण उनीहरूबाट सहभागीत र सहयोग महत्त्वपूर्ण रहने उनले बताए।

राज्यमा आपदाका दृष्टिकोषले धेरै जोखिम क्षेत्रहरू रहेका उल्लेख गर्दै मानिसहरूलाई यस्ता क्षेत्रमा आवास निर्माण नगर्न मुख्यमन्त्रीले सुझाउ दिएका छन्। उनले भने, सिक्किममा ब्लूप्रिन्ट बेगर घर बनाइदैछ, गैर कानूनी रुपमा आवाश निर्माण हुदैछन्। सम्बन्धित अधिकारीहरूले मानिसहरूलाई सचेत गराउने काम गर्नुपर्छ। भविष्यमा आउने आपदालाई लिएर जनता जागरुक रहनुपर्छ।

विभिन्न विभागले आपदा र जोखिम अवस्थाबारे अध्ययन गरिरहेको बताउँदै सबैको रिपोर्ट  सरकारमा आएपछि आपदा न्यूनिकरण गर्न सरकारले कानून बनाउने पनि मुख्यमन्त्रीले बताएका छन्।

२०२३ को टिस्टा बाढ़ प्रभावित मानिसहरूलाई तत्काल राहत र सहयोग  सरकारले गरेको र घर बिहीन बनेका मानिसहरू घर बनाउन सरकारले जमिन किनिसकेको मुख्यमन्त्री जानकारी दिए। चुङ्थाङ सबैभन्दा प्रभावित क्षेत्र रहेको र यहाँका सबै मानिसको घर बनाउन सरकारले धनराशि छुट्याएको मुख्यमन्त्रीले बताए। यता टुङ-नागा गाउँका प्रभावित मानिसहरूलाई सरकारले राम्रो जमिन हेरेर सार्ने जानकारी दिंदै प्रशासनलाई मानिसहरूको पुनर्वासका लागि स्थायी जमिन हेर्न निर्देश दिएका छन्।

आपदा बारे मानिसहरूको जागरुकताका लागि सरकार र विभाग पक्षबाट लगातार जागरुकता कार्यक्रम र मोकड्रिल भइरहेको  साथै आपदा न्यूनिकर बारे सरकार गम्भीर रहेको मुख्यमन्त्रीले बताए। उनले राज्यका मानिसहरूलाई निर्माण गरेका घरको बीमा गर्न सुझाउ दिएका छन्।

जोखिमपूर्ण अवस्थाम काम गर्ने मानिसहरूको भविष्यलाई लिएर चिन्ता प्रकट गर्दै मुख्यमन्त्रीले विशेष गरेर वन विभाग अन्तर्गत रुख काट्ने काम गर्ने कर्मचारी (लम्बरजेक)- हरूको सरकारले बीमा गरिदिने घोषणा गरे साथै विभागका सचिवलाई यसको पहल अघि बड़ाउन आग्रह गरे।

 कार्यक्रम अवधि राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका सल्लाहकार एसए रिज्वीले देशमा हिमनदीको अवस्थाबारे संक्षिप्त जानकारी गराउँदै सिक्किम सरकारलाई कतिपय जोखिमपूर्ण अवस्था सिर्जना हुन अघि सरकारले बीमा गर्नसक्ने उपाय बारे सुझाउ दिएका छन्। उनले मौसम परिवर्तन, आपदा न्यूनिकरण, तक्निकी र रिङ फेन्सिङबारे प्रस्तुति राखेका थिए।

कार्यक्रममा सिक्किम राज्य आपदा प्राधिकरणका  उपाध्याक्ष प्रोफेसर भीके शर्मा, विज्ञान तथा प्रविधि विभागका प्रधान निदेशक धिरेण श्रेष्ठ र भू-राजस्व एवं आपदा प्रबन्धन विभागकी सचिव नम्रता थापाले राज्यमा आपदा जोखिम अवस्था साथै सरकारी टोलीले हालै गरेको हिमनदी जोखिम अध्ययन रिपोर्टमाथि जानकारी सार्वजनिक गरेका थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट