पाचेमा गान्धी जयन्ती पालन; राज्यसभा सांसदले गरे जिल्लामा दिगो विकासको वाचा

गान्तोक, २ अक्टोबरः समग्र विकासको क्रममा पाकिम जिल्लाको नाथाङ माछोङ निर्वाचन क्षेत्र द्रूत गतिमा अघि बढिरहेको राज्यसभा सांसद डीटी लेप्चाले बताएका छन्। उनले क्षेत्रमा दीर्घकालिन विकास मार्फत रोजगारी र अवसरहरूको सिर्जना गर्ने प्रयास भइरहेको बताए। दुईपल्ट नाथाङ माछोङ निर्वाचन क्षेत्रको विधायक बनेर क्षेत्रलाई नेतृत्व दिइसकेका राज्यसभा सांसदले क्षेत्र साथै जिल्लाको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको बताए। पाचे सामसिङ उच्चतर माध्यमिक विद्यालयमा आयोजित १५५औं गान्धी जयन्ती समारोहमा बोल्दै उनले जिल्लामा भइरहेका विकासीय कार्यबारे जानकारी दिए।

राज्यसभा सांसद डीटी लेप्चाले नाथाङ माछोङ निर्वाचन क्षेत्रको दीर्घकालिन विकासलाई ध्यानमा राखेर यहाँका मानिसहरूले क्षेत्रमा शुरु गरिएको चिया खेतीलाई प्रमुखताका साथ अघि बडाउनुपर्ने आग्रह गरेका छन्। २०१४-१५ मा परीक्षणका रुपमा शुरु गरिएको चिया खेतीमा भविष्य देखिएपछि यस वर्ष पारखामा ३५ ऐकर जमिनमा एक लाख ३५ हजार चियाका विरुवा लगाइएको र आगामी वर्ष १५० ऐकर जमिनमा चियाका विरुवा रोप्ने लक्ष्य रहेको बताए।

पाचे सामसिङमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा भिड्दै जुनियर सेभेन र ट्राइभल स्पेर्टिङका खेलाड़ीहरू

चिया खेतीलाई बढावा दिन आगामी तीन वर्षभित्र क्षेत्रमा फ्याक्ट्री निर्माण गर्ने जसका लागि जमिन हेरिसकेको सासंद लेप्चाले बताए। नाथाङ माछोङमा शुरु गरिएको चिया खेती तिमी चिया भन्दा अलग रहेका कारण यसको बजार पनि व्यापक रहेको उनले बताएका छन्।

पाचे सामसिङ विद्यालयको विकासमा आफ्नो प्रतिवद्धता जाहेर गर्दै विद्यालय परिसरमा रहेको जमिनमा सासंद कोषबाट विद्यालय भवन अथवा सामुदायिक भवन निर्माण गरिदिने उनले वचन दिए। यस बाहेक विद्यालयमा विज्ञान विषय शुरु गर्न पनि आफूले पहल गर्ने उनले बतएका छन्।

पाकिम जिल्लालाई दीर्घकालिन विकास दिने क्रममा जिल्लामा आर्चेरी एकाडेमी निर्माण भइरहेको, जिल्ला अस्पताल तथा जिल्ला प्रशासनिक कार्यालय निर्माण प्रगतिमा रहेको उनले बताए। सांसद लेप्चाले क्षेत्रमा सास्कृति र पर्यटनलाई बढावा दिन दिदी बहिनी हाट शुरु गरिएको साथै शनिवारे हाट र मायालु बजार शुरु गर्ने पहल भइरहेको बताए।

पाचे सामसिङ विद्यालयले आयोजन गरेको गान्धी जयन्ती समारोहलाई सफल बनाउन सहयोग पुऱ्याउनेप्रति आभार व्यक्त गर्दै राज्यसभा सांसद डीटी लेप्चाले यस प्रकारका कार्यक्रमले गाउँमा सद्भाव विकास भएर जाने बताए। उनले विद्यालयको विकासका सहयोगी र जमिनदाताप्रति आभार व्यक्त गरे।

गान्धी जयन्ती समारोहका अवसरमा आयोजन समिति र विद्यालयले सांसद डीटी लेप्चालाई अभिनन्दन गरेका थिए। समारोधको अवसरमा विद्यालयका प्राचार्य पर्शुराम रिजालले विद्यालयको वार्षिक रिपोर्ट पेश गरे। पछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले विद्यालयको विकासमा सहयोग पुऱ्याउनेहरूप्रति आभार व्यक्त गरे। विद्यालय भवन निर्माण साथै विज्ञान विषय शुरु गराउने सांसद डीटी लेप्चाको वचनले विद्यालय विकासमा नयाँ आयम थपिने बताउँदै प्राचार्य रिजालले सासंदलाई धन्यवाद दिएका छन्।

पाचे सामसिङको गान्धी जयन्ती समारोहलाई अलग रुप दिन राज्यसभा सांसदको पहलमा यहाँ क्षेत्रमा आमा-बाबाहरूका लागि नृत्य प्रतियोगिता आयोजन गरिएको थियो। यसमा प्रतियोगीहरूले खुलेर भाग लिएका थिए जसमा उत्कृष्ट प्रदर्शन गर्ने र सहभागीहरूलाई पुरस्कार प्रदान गरियो।

गान्धी जयन्तीको अवसरमा राज्यसभा एमपी चेलेन्ज कप फुटबल प्रतियोगिता पनि आयोजन गरिएको थियो। यसको फाइन खेल जुनियर सेभेन र ट्राइभल स्पोर्टिङ माझ भएको थियो जसमा ट्राइभल स्पोर्टिङ विजयी बनेको छ। प्रतियोगितामा विजेता दलले नगद एक लाख रुपियाँ र उपविजेताले ५० हजार रुपियाँसहित ट्रफी प्राप्त गरेका छन्।

विभिन्न सांस्कृतिक कार्यक्रम, लिङ्गे पिङ, ग्रामीण खेलसहित आयोजित गान्धी जयन्ती समारोहमा पाकिम जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष लाडेन लामु भोटिया, विभिन्न सरकारी विभागका कर्मचारी, विद्यालयका प्राचार्यसहित शिक्षक, विद्यार्थी, स्थानीय पञ्चायत, समारोह समितिका सदस्य अनि स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। यस अवसरमा स्वच्छता कार्यक्रम पनि आयोजन गरिएको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह