सीमा सडक संगठनका महानिदेशकले गरे सिक्किममा पुनर्स्थापना प्रयासको निरीक्षण

गान्तोक, २ अक्टोबरः सीम सडक संगठनका महानिदेशक लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनले तीन दिवसीय सिक्किम भ्रमण गरेर विभिन्न सड़क निर्माण साथै पुनर्स्थापन कार्यको जायजा लिएका छन्। उनको यो भ्रमण अवधि संगठनको पूर्वी क्षेत्रका अतिरिक्त महानिदेशक हरिन्दर कुमार पनि सामेल थिए। तीन दिवसीय भ्रमण सकेर उनी सिक्किमबाट फर्किएका छन्।

सिक्किम भ्रमणका क्रममा महानिदेशक श्रीनिवासनले उत्तर सिक्किमको डिक्चु-साङ्कलन, साङ्कलन टुङ र चुङ्थाङ लाचेन सडक मार्गमा भइरहेका पुनर्स्थापन कार्यको निरीक्षण गरे। उनले ठेङमा पुगेर यहाँको टनललाई भएको क्षति आकलन गरेका छन्। यसका साथै नागा-टुङ क्षेत्रको निरीक्षण गरेर यहाँको अस्थिरताको समस्या माथि पनि जानकारी लिएका छन्। नागाको भ्रमणका क्रममा सीमा सडक संगठनका महानिदेशकलाई यहाँको अवस्था र सडक सम्पर्क बहाल गर्नका लागि भइरहेका समस्या र आगामी चुनौती बारे अवगत गराइएको थियो।

महानिदेशक श्रीनिवासनले आज पूर्व सिक्किमका विभिन्न स्थानमा सीमा सडक संगठन अधिनस्त सडक निर्माण कार्यको जायजा लिए। तीन दिनको सिक्किम भ्रमणका क्रममा उनले विभिन्न चुनौतिहरूको सामना गर्दै भएपनि पुनर्स्थापन कार्यमा परियोजना स्वस्तिकले गरिरहेको मेहनत र प्रयासको सराहना गरेका छन्। यसका साथै उनले सिक्किमका सडक सम्पर्क पुनर्स्थापना बारे भइरहेका कार्यलाई प्राथमिकताका साथ अघि बडाउने विषयमा राज्य सरकारलाई आश्वासन दिएका छन्।

महानिदेशकको उत्तर सिक्किमको भ्रमण अवधि परियोजना स्वास्तिकका मुख्य अभियन्ता ब्रिगेडियर मनोज गुप्ताले सडक पुनर्स्थापन कार्य साथै भारतमाला परियोजना अन्तर्गत प्रस्तावित राष्ट्रिय राजमार्ग डबल लेन कार्य प्रगति बारे जानकारी दिए। पुनर्स्थापन कार्यको स्थगल भ्रमण गरेर आकलन पछि सीमा सडक संगठनका महानिदेशले राज्यपाल र मुख्यमन्त्रीसँग भेट गरेर पुनर्स्थापन कार्य बारे जानकारी दिए साथै मनसुन सीजन सकिन साथै कार्यप्रगति द्रूत गतिमा अघि बढाइने आश्वासन दिएका छन्। महानिदेशकले राज्यका मुख्य सचिव भीबी पाठकसँग भेट गरेर सीमा सडक संगठनको प्रयासमा राज्य सरकारबाट भएको सहयोगप्रति आभार व्यक्त गरे साथै संगठनले भोग्न परिरहेका चुनैति बारे पनि अवगत गराएका थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह