सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री गोले र एडीबी टोलीमाझ चर्चा

गान्तोक, २ अक्टोबरः सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री पीएस गोले र एशियाई विकास ब्याङ्क (एडीबी) टोलीमाझ चर्चा परिचर्चा भएको छ। बुधवार एडीबीको एउटा प्रतिनिधि टोलीले सरकारी निवास मिन्तोगाङमा मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेको अवसरमा परियोजना माथि चर्चा भएको बताइएको छ।

एशियाई विकास ब्याङ्कको प्रतिनिधि टोलीसँगको भटेघाटका अवसरमा मुख्यमन्त्री गोलेले सिक्किम एकिकृत शहरी विकास परियोजना तत्काल शुरु गर्नुपर्ने विषयमा जोड दिए। सिक्किममा एडीबीको लगातार प्रतिवद्धता र भ्रमणका लागि आभार व्यक्त गर्दै मुख्यमन्त्रीले नयाँ परियोजनाका लागि एडीबी टीमलाई राज्य सरकारले पूर्ण सहयोग र समर्थन गर्ने आश्वासन पनि दिएका छन्।

वरिष्ठ शहरी विकास विशेषज्ञ डाक्टर क्याव थु -को नेतृत्वमा रहेको एडीबी परियोजना टोलीमा वित्तीय प्रबन्धन विशेषज्ञ मायरा राभेल्लो, क्रय विशेषज्ञ दवा चोकी, वरिष्ठ सामाजिक सुरक्षा विशेषज्ञ सास्वती जी बेलीयाप्पा र परियोजना विश्लेषक मारिया एञ्जेला मलिहान सामेल थिए।

एडीबी टीम सिक्किममा अहिले आगामी परियोजनालाई लिएर पूर्व-तथ्य खोज मिशनमा रहेको छ। यसले सिक्किम एकिकृत शहरी विकास परियोजना अन्तर्गत स्मार्ट तथा जलवायु-प्रतिरोधी शहरी बुनियादी ढाँचालाई लागू गर्ने लक्ष्य राखेको छ।  परियोजना जल आपूर्ति, स्वच्छता साथै शहरी परिवहन माथि केन्द्रित रहेको छ। यस अतिरिक्त एडीबीले राज्यमा एकिकृत शहरी योजना र जलवायु स्थिरतालाई बढावा दिने क्षेत्रमा पनि काम गर्ने बताइएको छ।

मुख्यमन्त्री र एडीबी प्रतिनिधि टोलीमाझ आज भएको चर्चाले सिक्किममा शहरी विकास पहललाई अघि बढाउने कार्यमा सहयोगी दृष्टिकोणलाई दर्शाएको छ। भेटघाटको अवसरमा एडीबी टोलीले आगामी पूर्वाधार विकास योजना घटहरूमाथि केन्द्रिय रहेको सिक्किम एकिकृत शहरी विकास परियोजनाको विवरण पनि मुख्यमन्त्री समक्ष पेश गरेका थिए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह