नाम्ची,१ अक्टोबरः नाम्ची जिल्लाको लिङ्गी उच्चतर माध्यमिक विद्यालयले २०२४ को जिल्ला स्तरीय विज्ञान नाटक प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा जिल्लाका सात विद्यालयहरूको सहभागिता रहेको थियो। न्यू सेकेन्डरी विद्यालय नाम्चीमा आज मङ्गवार आयोजित जिल्ला स्तरको प्रतियोगितामा लिङ्गीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम बनेको हो।
लिङ्गी उच्चतर माध्यमिक विद्यालयका प्राचार्यको मार्गदर्शनमा गणितका शिक्षक युवराज राईद्वारा “विज्ञान अनि वातावरण” विषयमा तयार गरिएको नाटकले प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गरेको हो ।लिङ्गी सरकारी विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले आफ्नो प्रदर्शनबाट सबैलाई प्रभावित बनाएका थिए।
विज्ञान नाटक प्रतियोगिता प्रस्तुत गर्ने लिङ्गी उच्चतर माध्यमिक विद्यालयको टोलीमा विद्यार्थी आदर्श राई, अभिनव राई, बेनेडिक्स राई, कुन्जोत लेप्चा, पुनोल लेप्चा, रिक्देन लेप्चा, श्रुती अधिकारी, स्नेहा थापा, ईशान्त सुन्दास, निनीमा राई र सुदिक्षा तिवारी सामेल थिए।
यो प्रतियोगिता कक्षा आठ देखि १० सम्मका विद्यार्थीहरूका लागि आयोजन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि विद्यालयका प्राचार्य प्रह्लाद दवाडी शर्माले सम्पूर्ण शिक्षिक र गैर-शिक्षिक स्टाफसँगै, प्रदर्शन टोलीलाई बधाई दिएका छन्। उनले यस सफलतामा विद्यार्थीहरूको नेतृत्व र समर्पण तयारीका लागि शिक्षक युवराज राईको सराहना गरे। विद्यालय टोलीले नाटक प्रदर्शनमा प्राचार्य साथै शिक्षकहरूको सहयोगका लागि आभार व्यक्त गरेको छ।