सरकारी वाहनको निजी प्रयोग गर्नेहरू अब अनुशासनात्मक कार्वाहीमा पर्ने

गान्तोक, १ अक्टोबरः अब सिक्किम सरकारका अधिकारीहरूले सरकारी वाहनलाई निजी प्रयोग गर्न पाउने छैनन्। विगत केही समययता सरकारी वाहन निजी प्रयोगमा ल्याउँदा भएका दुर्घटना पछि सरकारले यस सम्बन्धमा कड़ा नियम लागू गर्ने निर्णय लिएको छ।

सरकारी वाहन निजी प्रयोगमा आइरहेको घटना सम्बन्धमा कड़ा पहल गर्दै सिक्किम सरकारको गृह विभागले सरकारी वाहनको दुरुपयोगलाई लिएर कडा दिशानिर्देश जारी गरेको छ। सरकारको गृह विभागले एउटा परिपत्र जारी गरेको छ जसमा सरकारी सवारी साधनहरू वैध ड्राइभिङ इजाजतपत्र वा अधिकृत ड्राइभरहरू भएका नियुक्त अधिकारीहरूले मात्र प्रयोग गर्न पाउने बताइएको छ।

जारी परिपत्रमा भनिएको छ, “अधिकारीहरूले आफ्ना छोराछोरी, आफन्त, साथीहरूलाई वसारपसार साथै ड्राइभिङ सिकाउन सरकारी वाहनहरू प्रयोग गरे कडाइका साथ कार्वाही हुनेछ साथै यस्तो दुरुपयोग पाइ अनुशासनात्मक कार्यवाही हुनेछ।”

परिपत्र अनुसार, “अबदेखि सबै सरकारी अधिकारीहरूले आफ्नो सेवाबाट अवकाश ग्रहण गरेको १५ दिनभित्रमा संलग्न सवारी साधनहरू सम्बन्धित विभागमा बुझाउनु पर्नेछ। यो निर्देशनको पालना नगरे विभागका प्रमुखहरू जिम्मेवार हुनेछन् र सिक्किम सरकारी कर्मचारी आचरण नियम १९८१ अन्तर्गत दोषी अधिकारी विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही गरिनेछ।”

विभाग प्रमुख तथा सचिवहरू र जिल्ला अधिकारीहरूलाई यसको कडाइका साथ पालनका लागि आफ्नो प्रशासनिक नियन्त्रणमा रहेका सबै अधिकारीहरूको ध्यानाकर्षण गर्न र गृह विभागमा अनुपालन प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह