सिक्किमको राब्दाङ बन्यो पहिलो वाईफाई जडित गाउँ

गान्तोक १ अक्टोबरः सिक्किमको खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रको राब्दाङ गाउँ राज्यकै पहिलो वाईफाई जडित गाउँ बनेको छ। यो सम्भव भयो क्षेत्र विधायक तथा सिक्किम सरकारको सडक एवं पुल विभागका मन्त्री एनबी दाहालको पहलमा । मन्त्री दाहालले चुनाउ अघि गाउँका मानिसहरूलाई दिएको वाचा पूरा गर्दै सरकार गठन गरेको एक सय दिनको अवधिभित्र राब्दाङ वार्डमा निःशुल्क वाईफाई जडान गरिदिएका छन् जसबाट गाउँका ७० भन्दा अधिक परिवारका मानिसहरू लाभान्वित बनेका छन्।

डिजिटल कनेक्टिभिटीलाई बढावा दिँदै इन्टरनेट सेवा उपलब्ध गराइएको रब्दाङ वार्डले सिक्किमको पहिलो नि: शुल्क वाईफाई जडित गाउँ अवसर १ अक्टोबदेखि प्राप्त गऱ्यो। डिजिटल जडानको माध्यमबाट ग्रामीण समुदायको विभिन्न क्षमतालाई अभिवृद्धि गर्न यहाँ वाईफाई सुबिधा उपलब्ध गराइएको हो। मङ्गलवार क्षेत्र विधायक तथा मन्त्री एनबी दाहालले राब्दाङ प्राथमिक विद्यायलयमा आयोजित कार्यक्रमको अवसरमा यसको उद्घाटन गरेपछि राब्दाङका मानिसहरूले अब निःशुल्क वाईफाई सेवाको उपभोग गर्न पाउने भएका छन्। स्थानीय मानिसहरूलाई डिजिटल विश्वको फराकिलो अवसरहरूसँग जोड्न साथै प्राविधिक विकासलाई बढावा दिन  क्षेत्र विधायक एनबी दाहालले निःशुल्क वाईफाई सुविधा उपलब्ध गराएका हुन्।

मन्त्री एनबी दाहालले गत विधानसभा चुनाउको प्रचारका क्रममा सबैभन्दा धेरै भोट दिने वार्डलाई १० लाख रुपियाँसम्मको पुरस्कार दिने घोषणा गरेका थिए। चुनाउमा राब्दाङ वार्डले सबैभन्दा बडी मत दिएपछि समग्र गाउँवासीको दीर्घकालिन सुविधालाई ध्यानमा राखेर निःशुल्क वाईफाई सेवा जडान गरिदिएको मन्त्रीले दाहालले बताए। उनले स्थानीय मानिसहरूलाई इन्टरनेट र प्रविधिको सकारात्मक पक्षलाई उपयोग गर्दै समग्रलाई फाइदा हुने पक्षमा काम गर्न आग्रह गरे।

वाईफाई सेवाको उद्घाटन अवसरमा उपस्थित रहेका प्राविधिक विशेषज्ञहरूले अब राब्दाङका मानिसहरूले इन्टरनेटको निःशुल्क प्रयोगबाट गाउँको कृषि सम्भावनालाई बढावा दिन र पर्यावरण आधारित पर्यटनलाई बढावा दिएर आयस्रोतको माध्यम बनाउन सक्ने सुझाउ दिए।

मोबाइल नेटवर्क कम भएको राब्दाङ वार्डका मानिसहरूलाई निःशुल्क वाईफाई उपलब्ध गराउन लगभग १२ किलोमिटर टाढाबाट फाइबर लाइन तानेर गाउँ पुऱ्याइएको छ। राब्दाङमा रहेका लगभग ७२ घरमा अहिले धमाथम वाईफाई जडानको काम भइरहेको छ जसका लागि आवश्यक सबै सामग्री र इन्टरनेट अब स्थानीयहरूले निःशुल्क उपभोग गर्न पाउनेछन्।

क्षेत्र विधायक तथा मन्त्री एनबी दाहालले गरेको यस पहलबाट स्थानीय पञ्चायत तथा मानिसहरूले खुशी व्यक्त गरेका छन्। इन्टरनेट जस्तो अति आवश्यक सुविधा निःशुल्क वाईफाईको माध्यमबाट गाउँलाई दिएकोमा स्थानीयवासीले मन्त्री दाहालप्रति आभार व्यक्त गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह