समय अघि नै उत्तर सिक्किममा हिमपात, बीआरओ सक्रिय

गान्तोक, २९ सेप्टेम्बरः उत्तर सिक्किममा स्वाभाविक समयभन्दा चाँढै हिमपात भएको छ। पछिल्ला केही दिनदेखि लगातार वर्षा भएको अवस्थामा उत्तर सिक्किमको लाचेन र लाचुङ भेल्ली लगायत यस माथिका पहाडी क्षेत्रमा व्यापक हिमपात भएको छ।

उत्तर सिक्किमका विभिन्न स्थानमा भारी हिमपातका कारण सडकमार्ग बन्द हुने क्रम पनि शुरु भएको छ। पछिल्ला केही दिनमा भएको हिमपालले लाचुङ र लाचेन भेगका बन्द भएका सडक मार्ग खुलाउन सीमा सडक संगठनले लगातार प्रयास गरेको छ।

प्राप्त जानकारीअनुसार सीमा सडक संगठनले भारी मशिन र जनशक्ति तैनात गरेर स्थानीय तथा सुरक्षा दृष्टिकोणका महत्त्वपूर्ण मार्ग खुलाउन सफल भएको छ। प्रतिकुल मौसम र उच्चाईका क्षेत्रमा अक्सिजनको कमीबिच पनि संगठनका कर्मचारीले स्थानीय मानिसहरूका लागि अवरोधमुक्त सडक सुनिश्चित गराएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह