राष्ट्रिय राजमार्ग १० केन्द्रिय एजेन्सीलाई दिन सिक्किम सरकार प्रयासरत छः इन्द्रहाङ सुब्बा

गान्तोक, २९ सेप्टेम्बरः सिक्किमको एकमात्र जीवनरेखा राष्ट्रिय राजमार्ग १० एनएचआईडीसीएल वा अन्य कुनै केन्द्रिय निकायमा हस्तान्तरण गर्न सिक्किम सरकारले केन्द्रलाई निरन्तर दबाब दिइरहेको लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सांसद सुब्बाले शनिबार गान्तोकमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय राजमार्ग १० को अवस्थालाई लिएर सिक्किम सरकार ज्यादै चिन्तित रहेको बताए।

सिक्किमको यो जीवनरेखा  मनसुनको शुरुआतसँगै लगातार बन्द अवस्थामा रहेको छ। सिक्किमतर्फको राजमार्ग एनएचआईडीसीएलको अधिनमा रहेको छ भने पश्चिम बङ्गाल राज्यको जनकार्य विभागको अदिनमा रहेको राष्ट्रिय राजमार्ग १० पनि केन्द्रिय एजेन्सीलाई दिनुपर्ने सिक्किमको माग रहेको छ।

 लोक सभा सांसद इन्द्रहाङ सुब्बाका अनुसार मुख्यमन्त्री पीएस गोले र सिक्किम सरकारले राष्ट्रिय राजमार्ग १० को मुद्दा केन्द्रसँग बारम्बार उठाएका छन्। उनले भने, “हामीले केन्द्रसँग एनएच १० लाई कुनै केन्द्रिय निकायमा हस्तान्तरण गर्न अनुरोध गरेका छौं र यसमा सकारात्मक आश्वासन प्राप्त गरेका छौं। यो चाँडै एनएचआईडीसीएलमा हस्तान्तरण हुने जानकारी हामीलाई सम्बन्धित मन्त्रीबाट प्राप्त भएको छ।”

सांसद सुब्बाले राष्ट्रिय राजमार्ग १० को मुद्दा लोक सभामा नियमित रूपमा उठाएका छन्। सिक्किम र राष्ट्रिय सुरक्षाका लागि महत्त्वलाई यसको महत्त्व प्रकाशमा ल्याएउँदै आएका इन्द्रहाङले भने, “यो विषयलाई सिक्किम र पश्चिम बङ्गाल सरकारबीचको द्वन्द्वको रूपमा हेर्नु हुँदैन। एनएच १० एनएचआईडीसीएललाई हस्तान्तरण गर्ने माग अन्तर-राज्य मार्गसँग सम्बन्धित हो र यो देशको सुरक्षा बलका लागि पनि महत्त्वपूर्ण छ।”

सिक्किम सरकार वैकल्पिक सडकको लागि पनि बदाब बनाइरहेको उनले जानकारी दिएका छन्। उनले भने, “राज्य सरकारले सिङ्तामदेखि मल्लीसम्मको वैकल्पिक सडकको लागि प्रस्ताव राखेको छ। हामीले धेरै खण्डमा संवेदनशील देखिएको एनएच १० को पुनःअलाइनमेन्टको प्रस्ताव पनि दिएका छौ।”

लोकसभा सांसद सुब्बाले हालै सीमा सडक संगठन (भीआरओ) का महानिदेशकसँग भेट गरेर सिक्किमका सडकहरूको पुनःस्थापनाबारे छलफल गरेका थिए।  यस सम्बन्धमा बोल्दै उनले भने,”हामी मनसुनको अन्त्यमा छौं र मैले बीआरओलाई सुख्खा मौसमको भरपूर उपयोग गर्दै आफ्नो जनशक्ति र मेसिनरीको स्रोतलाई दोब्बर गर्न अपील गरेको छु।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह