एसएफएको चालु ए डिभिजन लीग विवाद समाप्त; भोलिदेखि खेल सुचारु हुने

गान्तोक, २९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले सबै विवादलाई समाप्त गरेर चालु ए डिभिजन लीगलाई निरन्तरता दिने भएको छ। शनिबार ए डिभिजन लीग खेलिरहेका सबै आठवटा क्लबसँग एसएफए कार्यकारी समितिको बैठकपछि लीगमा अहिलेसम्म भएका विवादलाई समाप्त गरेर भोलि ३० सेप्टेम्बरदेखि नयाँ तालिकाका आधारमा खेललाई निरन्तरता दिने सहमति भएको एसएफएले एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

ए डिभिजन लीग खेलिरहेका सबै टिमले एसएफएद्वारा ब्रदरहुड एफसीमाथि लगाएको प्रतिबन्ध हटाउने सर्तमा चालु लीगलाई जारी राख्ने निर्णय लिएका छन्। यता प्रतिबन्धपछि ब्रदरहुड एफसीले एसएफए विरुद्ध दयार गरेको अदालती मुद्दालाई पनि आजको बैठकमा भएको छलफल पछि फिर्ता लिने भएपछि एसएफएले पनि क्लब विरुद्धको प्रतिबन्ध हटाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

सिक्किम फुटबल एसोसिएशनले चालु लीग घोषणा गरेदेखि नै विभिन्न विवाद बढ्दै गएका हुन्। एसएफले लीगको नाम सिक्किम प्रीमियर लीग बनाएपछि पहिलो बिवाद भएको थियो जसमा मुख्यमन्त्रीले समेत असन्तुष्टि व्यक्त गरेका थिए। यसपछि लिगको नाम परिवर्तन गरेर ए डिभिजन लिग बनाइयो तर खेलको प्रथम दिनदेखि चलेको विवाद लगातार बढेपछि एसएफएले लीगका सबै दलहरूसँग समन्वय बैठक गरेर सहमति बनाउने प्रयास गरेको हो।

एसएफएका अध्यक्ष मेन्ला इथेन्पा र एसोसिएशनका अन्य कार्यकारी साथै आठवटा लीग टीमका प्रतिनिधिको उपस्थितिमा बैठक आयोजन गरिएको थियो। यसमा लीग अवधि भएको रेफ्री विवाद साथै वित्तिय सम्झौता बारे पनि छलफल र सहमति भएको बताइएको छ। बैठकमा सहभागी सबै क्लबका प्रतिनिधिले आगामी खेल साथै भविष्यमा पनि रेफ्रीप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न सहमत भएका एसएफएको विज्ञप्तिमा जनाइएको छ।

ए डिभिजन लीग खेलिरहेका क्लबहरूलाई आर्थिक अनुदान स्वरुप एक लाख रुपियाँका आर्थिक सहयोग एसएफएले दिने खेल शुरु हुन अघिको सर्तबारे पनि बैठकले छलफल गरेको थियो भने एसएफएले लीग खेलिरहेका सबै टीमलाई तत्काल ३०-३० हजार रुपियाँ जारी गर्ने भएको छ। आजको बैठक अवधि एसएफएले वार्षिक रूपमा खेलउँदै आएको प्रतिष्ठित गभर्नर्स गोल्डकप आगामी ५ देखि १४ नोभेम्बरसम्म खेलाइने एसएफएका अध्यक्ष मेन्ला इथेन्पाले जानकारी दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह