लोकसभा सांसद कार्यालयको तत्वावधानमा ‘द क्वेस्ट’ टक शृंखला शुरु गरिने

गान्तोक, २८ सेप्टेम्बर: प्रेस क्लब अफ सिक्किम तथा पोजिट्युडको सहयोगमा लोकसभा सांसद कार्यालय सिक्किमले ‘द क्वेस्ट’ टक शृंखला आयोजना गर्ने भएको छ।

यसबारे शनिबार गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आगामी ३० सेप्टेम्बरको दिन गान्तोकको मनन केन्द्र स्थित मिनी हलमा उक्त कार्यक्रम हुने तय गरिएको जानकारी दिएका हुन्।

‘द क्वेस्ट’ को यो संस्करण व्यवसाय र उद्यमशीलता’ को विषयवस्तुमा केन्द्रित हुने सांसद सुब्बाले जानकारी गराए। यसको उद्वेश्य युवा एवं स्थानीय प्रतिभालाई उत्प्रेरित गर्ने र नवप्रवर्तनकारी विचारहरूलाई प्रोत्साहन गर्नु रहेको छ।
सिक्किमको गतिशील बजारमा उद्यम शुरु गर्ने र बढाउने बारे अन्तर्दृष्टि साझा गर्न यस श्रृंखलाले प्रमुख उद्यमीहरू र व्यापार विशेषज्ञहरूलाई एकसाथ ल्याउने सांसद सुब्बाको भनाई छ।

यो कार्यक्रम सिक्किम राज्य स्थापनाको ५० वर्षको उत्सवसँग पनि सम्मिलित रहेको जसमा सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किमको माध्यामबाट मुख्यमन्त्री पीएस गोलेको दृष्टिकोणलाई पनि झल्काउने सांसद सुब्बाले पत्रकार सम्मेलनमा जानकारी गराए।

पत्रकार सम्मेलनमा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत र पोजिट्युडका प्रमुख विजय सुब्बा पनि उपस्थित थिए। यो श्रृंखला मासिक रूपमा आयोजना गरिने बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह