अविरल बर्षाको समयमा अत्याधिक सावधानी अपनाउन मुख्यमन्त्रीद्वारा राज्यका नागरिकहरूलाई आग्रह

गान्तोक, २८ सेप्टेम्बर: सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले एक सन्देश जारी गर्दै अविरल बर्षाको समयमा अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रहरूको नजिक नजान राज्यवासीलाई अपील गरेका छन्।
मुख्यमन्त्रीले भनेका छन्, “हाम्रो राज्यले हाल अविरल वर्षाको सामना गरिरहेको छ भने धेरै क्षेत्रहरूमा व्यापक पैह्रो झरेको छ। यस्तो जोखिमपुर्ण स्थितिमा म सबैलाई सुरक्षालाई प्राथमिकता दिन दृढ़तापूर्वक आग्रह गर्दछु।”
अनावश्यक यात्रा नगर्न र कुनै पनि परिस्थितिमा नदी, झरना वा अन्य जोखिमयुक्त क्षेत्रहरूको नजिक नजान पनि मुख्यमन्त्रीले सबैमा आग्रह गरेका छन्।
उनले अघि भनेका छन्, “जनताको सुरक्षा सरकारको उच्च प्राथमिकता हो, म तपाईहरु सबैलाई आश्वस्त पार्न चाहन्छु कि राज्य सरकारले अवस्थालाई नजिकबाट नियालिरहेको र जीवन र सम्पत्तिको सुरक्षा गर्न सबै आवश्यक कार्यहरू गरिरहेको छ।”
यो अवस्थामा अत्याधिक सावधानी अपनाउन र अपडेटहरू बारे सूचित रहन मुख्यमन्त्रीले सम्पूर्ण जनगणमा आग्रह गरेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह