निर्माण कार्यमा भूमी अधिग्रहणलाई लिएर मुख्यमन्त्री गोलेले गरे सम्बन्धित अधिकारीहरूसँग बैठक

गान्तोक, २७ सेप्टेम्बर: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड, सीमा सडक संगठन, र पावर ग्रिड कर्पोरेशन अफ इण्डियाका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेर राज्यमा भूमि अधिग्रहणका समस्या समाधान बारे छलफल गरेका छन्।
सम्मान भवनमा आयोजित बैठकमा सिक्किम सरकारका मुख्य सचिव, डीजीपी, विभिन्न विभागका सचिवहरू, जिल्लापालहरू, सब डिभिजनल मजिस्ट्रेटहरू, र राज्यको अन्य सरकारी विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकको क्रममा मुख्यमन्त्री गोलेले भूमि अधिग्रहण साथै सडक र राजमार्गहरूको विकाससँग सम्बन्धित विभिन्न चुनौतीबारे विस्तृत जानकारी लिए। उनले पूर्वाधार विकासलाई बढावा दिन विभिन्न एजेन्सी र विभागहरू माझ सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

मुख्यमन्त्रीले जमिन मालिकहरूको हितलाई ध्यानमा राख्दै परियोजना प्रगतिमा अवरोध गर्ने विवादहरू प्रभावकारी रूपमा मध्यस्थता गर्न एकीकृत दृष्टिकोण हुनुपर्ने सुझाउ दिएका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह