एमबीबीएस गर्ने चार विद्यार्थीलाई मुख्यमन्त्रीले सहयोग गर्ने

गान्तोक, २७ सेप्टेम्बरः एमबीबीएस अध्ययन गर्न चाहने सिक्किमका चारजना जना विद्यार्थीको शिक्षा प्रायोजन मुख्यमन्त्री पीएस गोलेले गर्ने भएका छन्। मुख्यमन्त्री गोलेले शुक्रवार मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा एमबीबीएस  सीट प्राप्त गरेका चार विद्यार्थी पुजा छेत्री, तनिषा मगर, हिस्से दोर्जी भोटिया, अशित छेत्रीसँग भेट गरे।

विद्यार्थीलाई भेटेपछि मुख्यमन्त्री गोलेले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन्। मुख्यमन्त्रीले विद्यार्थीहरूको अटल प्रतिबद्धता र डाक्टर बन्ने सपना हुँदाहुँदै पनि आर्थिक संकटले गर्दा उनीहरूको यात्रा रोकिने खतरा रहेकोले यसलाई मध्यनजर गर्दै यी चार विद्यार्थीहरूको शिक्षालाई पूर्ण रूपले प्रायोजन गर्ने बताएका छन्।

योग्य विद्यार्थीहरूलाई अघि बढाउने सरकारको प्रयासलाई उल्लेख गर्दै मुख्यमन्त्रीले यी विद्यार्थीहरूको ट्युसन, होस्टल खर्च र अन्य आवश्यक सुविधाहरू प्रदान गरिइने जनाएका छन्। वित्तीय अवरोध प्रतिभा र महत्वाकांक्षाको बाटोमा कहिल्यै खडा हुनु हुँदैन भन्ने आफ्नो विश्वास रहेको मुख्यमन्त्रीको भनाइ छ। मुख्यमन्त्रीले भनेका छन, “युवाहरूको सपनामा लगानी गर्नु भनेको हामी सबैका लागि उज्ज्वल भविष्यमा लगानी गर्नु हो।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट