सिक्किममा भारी वर्षा; एसकेएम पार्टीद्वारा सतर्कता अपनाउन आग्रह

गान्तोक, २७ सेप्टेम्बरः  सिक्किममा विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले पनि पहाड़ी क्षेत्रका लागि निरन्तर वर्षाको पूर्वानुमान गरेको छ। निरन्तर वर्षाले दैनिक जीवनमा अवरोध ल्याएको छ, र केही सड़क र केही मानिसहरूका घरलाई पनि क्षति पुगेको छ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले यो भारी वर्षाका समय नागरिकहरूलाई सतर्क रहन र आपतकालीन अवस्थामा स्थानीय अधिकारी, बीडीओ, एसडीएम साथै  लाइन विभाग वा पुलिससमक्ष सम्पर्क गर्न आग्रह गरेको छ।

एसकेएम पार्टीका प्रवक्ता विकास बस्नेतले शुक्रवार प्रेस विज्ञप्ति जारी गरेर भनेका छन,  “मुख्यमन्त्री पीएस गोलेले स्थिति नजिकबाट अनुगमन गरिरहेका छन् र सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन्। सरकार आवश्यक सावधानी र रोकथामका उपायहरू लागू गर्न प्रतिबद्ध छ। पार्टी आफ्ना सदस्यहरूलाई सतर्क रहन र सामुदायिक राहत प्रयासहरूमा सहयोग गर्न पनि आह्वान गर्दछ। नागरिकहरूलाई आवश्यक नभएसम्म यात्रा नगर्न साथै सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गर्दछौं।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह