झऱ्यो राङराङको फलामे पुल; यातायात प्रभावित

गान्तोक, २७ सेप्टेम्बरः उत्तर सिक्किमको मगन बजारदेखि केही तल अवस्थित राङराङ खोलाको पुरानो पुल भत्किएपछि मगन जाने सड़कमार्ग बन्द भएको छ। यो प्रयोगमा नभएको पुल थियो तथापि पुल झर्दा सड़क मार्ग बन्द भएको बताइएको छ। सिक्किम सरकारको सड़क एवं पुल विभाग अन्तर्गत पर्ने मगन सड़क मार्गलाई शुक्रवार बेलुकासम्म सुचारु गराउने प्रयास भइरहेको छ।

प्राप्त जानकारीअनुसार, राङराङ खोलाको पुरानो फलामे पुल भत्किएर सड़क बाधित बनाएको हो। अहिले यातायातका लागि प्रयोगमा रहेको नयाँ पुललाई क्षति पुगेको छैन्। सम्बन्धित विभागले ग्यासकटरको प्रयोगद्वारा सड़कमा झरेको पुरानो फलामे पुल हटाउने काम गरिरहेको थाहा लागेको छ। सड़कमा झरेको पुल नहटाएसम्म मगन लगायत यस वरिपिरिका अन्य क्षेत्रको सड़क सम्पर्क पूर्ण रूपले बाधित रहनेछ।

उत्तर सिक्किमको मगनलाई जोडने यो एकमात्र सड़क मार्ग बन्द छ भने फिदाङबाट जङ्गु, सिप्यागर भएर चुङ्थाङ र लाचुङसम्म जाने सड़क मार्ग खुला रहेको छ। यता चुङ्थाङबाट लाचेनका लागि पनि सड़क सम्पर्क भनेजस्तो सहज नभए पनि खुलै रहेको बताइएको छ। लाचेनबाट मुन्सिथाङ जाने सड़क मौसममाथि भर पर्ने गरेको छ।

मगनबाट टुङ-नागा भएर चुङथाङ जाने सड़क मार्ग विगत ११ महिनादेखि बन्द छ। ३ र ४ अक्टोबर २०२३ को टिस्टा बाढ़ले बगाएको नागादेखि रेल वार्डसम्मको लगभग तीन किलोमिटर सड़क मार्ग अहिसम्म पनि खुलाउने ठोष पहल भएको छैन। यो सड़क सीमा सड़क संठनको अधिनमा रहेको छ। पुरानो स्थानबाट सड़क बनाउन लगभग असम्भव रहेकाले सीमा सड़क संगठनले नागा गाउँको माथिबाट लगभग ८ किलोमिटर नयाँ कटिङ गरिरहेको छ तर यो मार्ग यतायात योग्य बनाउन आगामी मार्च महिनासम्म समय लाग्ने सीमा सड़क संगठनले बताएको छ।

उत्तर सिक्किमको सड़क अवस्था नाजुक रहेकाले विशेष गरेर पर्यटन व्यवसाय लगातार प्रभावित बनेको छ। सड़कको अवस्थालाई लिएर दुई दिनअघि सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सड़क संगठनका महानिदेशकसँग बैठक गरेका थिए। २३ सेप्टेम्बरको दिन सिक्किम सरकारको सड़क एवं पुल विभागका मन्त्री एनबी दाहालले पनि उत्तर सिक्किमको सड़क अवस्थाबारे जायजा लिएका छन्। तथापी उत्तर सिक्किमको पर्यटन र सड़क मार्ग कहिलेदेखि खुल्ने भन्ने निश्चित छैन।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह