लगातार वर्षाले बढ्यो टिस्टा नदीको जलस्तर

गान्तोक, २७ सेप्टेम्बरः सिक्किम लगायत पहाड़ी क्षेत्रमा पछिल्ला दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण टिस्टा नदीको जलस्तर बढेको छ। लगातार बढ़ीरहेको नदीको जलस्तरलाई व्यवस्थापन गर्न एनएचपीसीले ड्यामबाट पानी निकास गर्ने काम पनि गरिरहेको छ।

टिस्टा नदीको स्तर बढेका कारण पश्चिम बङ्गालको टिस्टा बजार वरिपरि अनि राष्ट्रिय राजमार्ग १० को किनारमा बस्ने मानिसहरू साथै राष्ट्रिय राजमार्ग १० मा यात्रा गरिरहेकाहरूलाई संभावित जोखिमका कारण अत्यधिक सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्बन्धित क्षेत्रका अधिकारीहरूले स्थिति अनुगमन गरिरहेका छन् र सर्वसाधारणलाई सूचित रहन र आवश्यक सावधानीहरू अपनाउनएर मात्र यात्रा गर्न सुझाउ दिएका छन्।

यता भारतीय मौसम विभागले सिक्किम लगायत पहाड़ी क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ। मौसम विभागका अनुसार कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातार वर्षा भइरहेपनि शुक्रवार राष्ट्रिय राजमार्ग १० यातायातका लागि खुला रहेको छ। तर कतिपय स्थानमा पैह्रोको जोखिम रहेको छ भने कतिपय स्थानमा टिस्टा नदी बढ्दा राजमार्गलाई खतरा पनि रहेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह