केन्द्र सरकारले गऱ्यो असंगठित क्षेत्रका श्रमिकहरूको न्यूनतम वेतन वृद्धि

नयाँ दिल्ली, २७ सेप्टेम्बरः केन्द्र सरकारले श्रमिकहरूको, विशेष गरी असंगठित क्षेत्रका श्रमिकहरूको समर्थनमा भेरिएबल डियरनेस भत्ता (भीडीए) मा संशोधन गरेर न्यूनतम वेतन दर वृद्धि गर्ने घोषणा गरेको छ। यो समायोजन श्रमिकहरूको जीवन यापनको लागत बढ्दै गरेको अवस्थामा सहयोगका लागि गरिएको हो।

संशोधित वेतन दरले निर्माण, लोड र अनलोड, सुरक्षा, सफाई, हाउसकिपिङ, खनन र कृषि जस्ता विभिन्न क्षेत्रका श्रमिकहरूलाई फाइदा पुऱ्याउनेछ। नयाँ दरहरू १ अक्टोबर २०२४ बाट लागू हुनेछन्। पछिल्लो संशोधन अप्रेल २०२४ मा गरिएको थियो।

न्यूनतम तलब दरहरू कौशल स्तर साथै अकुशल, अर्ध-कुशल, कुशल र अत्यधिक कुशलसहित भौगोलिक क्षेत्रहरू: ए, बी, र सी मा वर्गीकृत गरिएको छ।

क्षेत्र “ए” का लागि, संशोधित न्यूनतम तलब दर अनुसार अकुशल श्रमिकले (निर्माण, सफाई, लोड र अनलोड): प्रति दिन ७८३ रुपियाँ (प्रति महिना २०३५८ रुपियाँ) पाउनेछन्।

अर्ध-कुशल श्रमिकले प्रति दिन ८६८ रुपियाँ (प्रति महिना २२,५६८ रुपियाँ) पाउनेछन्। कुशल श्रमिक, लिपिक, र सुरक्षा (हातियार बिना श्रमिकका लागि प्रतिदिन ९५४ रुपियाँ (प्रति महिना २४,८०४) रुपियाँ तय गरिएको छ। अत्यधिक कुशल श्रमिक र सुरक्षा (हातियार सहित) का श्रमिकले प्रति दिन १०३५ रुपियाँ (प्रति महिना २६,९१० रुपियाँ) वेतन पाउनेछन्।

केन्द्र सरकारले बीडीएलाई वार्षिक रूपमा दुई पटक, १ अप्रेल र १ अक्टोबरमा संशोधन गर्छ, जुन औद्योगिक श्रमिकहरूको उपभोक्ता मूल्य सूचीको ६ महिनाको औसत वृद्धिमा आधारित हुने गर्दछ।

सरकारले वृद्धि गरेको भीडीए अन्तर्गत क्षेत्र, श्रेणी, र क्षेत्र अनुसार न्यूनतम तलब दरहरूको विस्तृत जानकारी केन्द्रिय श्रम आयुक्तको वेबसाइट (clc.gov.in) मा उपलब्ध छ।

(समाचार स्रोत- पीआईबी)

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह