गान्तोक, २७ सेप्टेम्बरः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा लोकसभाको सार्वजनिक वितरन एवं खाद्य तथा उपभोक्ता मामिला समितिको सदस्य नियुक्त भएका छन्। उनलाई लोकसभा अध्यक्षले यो समितिमा नियुक्त गरेका हुन जसमा कूल ३१ जना सदस्य रहेका छन्। समितिमा कानिमोझी करुणानिधी अध्यक्ष रहेकी छन।
यसरी नै सिक्किमका राज्यसभा सांसद डिटी लेप्चालाई संसदले पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धित समितिमा सदस्य नियुक्त गरेको छ। यो समितिमा पनि कूल ३१ सदस्य रहेका छन्। यि दुवै समितिमा लोकसभाबाट २० जना र राज्यसभाबाट १० जना सदस्य रहनेगरेका छन्।





