उत्तर सिक्किमको सड़क अवस्थालाई लिएर सांसद इन्द्रहाङ सुब्बाले गरे बीआरओका महानिदेशकसँग बैठक

नयाँ दिल्ली, २५ सेप्टेम्बरः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले सीम सड़क संगठन (बीआरओ) का महानिदेशक लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनसित बैठक गरेर उत्तर सिक्किममा सड़कहरूको गम्भीर अवस्थामाथि चर्चा गरेका छन्। चर्चा विशेष गरेर ३ र ४ अक्टोबर २०२३ को टिस्टा बाड़ र यसले सड़क सम्पर्कलाई पुऱ्याएको क्षतिबारे केन्द्रित थियो।

बैठक अवधि सांसद इन्द्रहाङ सुब्बाले उत्तर सिक्किमका धेरै क्षेत्रको सड़क सम्पर्कमा गम्भीर बाधा भएका कारण मानिसहरूको पहुँच कठिन बनेको जानकारी दिए। स्थानीय समुदाय र राष्ट्रिय सुरक्षाका लागि आवश्यक यी महत्त्वपूर्ण सड़क मार्गको पुनर्वासका लागि ठूलो प्रयास हुनुपर्ने विषयमा उनले जोड दिएका छन्।

सिक्किममा वर्षाको मौसम समाप्त भएका कारण क्षतिग्रस्त सड़कहरूको मरमति कार्यलाई द्रुत गतिमा अघि बढाउनुपर्ने सांसद सुब्बाले आग्रह गरेका छन्। आगामी मनसुन अघि नै सड़क पुनःस्थापना कार्य सुनिश्चित गर्न सीमा सड़क संगठनले कार्यबल बढाउनुपर्ने उनले सुझाउ दिए। उत्तर सिक्किमको भारत चीन सीमालाई जोड्ने यि सड़कको सामरिक महत्त्वबारे पनि उनले सीमा सड़क संगठनका महानिदेशकलाई अवगत गराएका छन्।

उत्तर सिक्किमका यि महत्त्वपूर्ण सड़कहरूको पुनःनिर्माण नभए पहाड़ी क्षेत्रमा सुरक्षा स्थिति कमजोर हुनसक्ने स्थिति छ। यसबारेमा पनि बैठकमा छलफल भएको बताइएको छ।

बैठक अवधि लेफ्टिनेन्ट जनरल श्रीनिवासनले उत्तर सिक्किममा सड़कहरूको मरमति कार्यलाई प्राथमिकता दिइने आश्वासन दिए। उनले आगामी सुखा मौसममा सीमा सड़क संगठनले सड़क मरमति कार्यलाई तीब्रता दिन प्रतिबद्धता व्यक्त गरेका बताइएको छ। यो बैठक नयाँ दिल्लीको सीमा सड़क भवनमा भएको थियो।

उल्लेखनीय छ, गत वर्षको टिस्टा बाड़पछि उत्तर सिक्किममा सड़क सम्पर्क धेरै ठाउँमा बाधित रहेको छ भने सम्पर्क भएका स्थानमा पनि सड़कहरूको अवस्था जीर्ण रहेको छ। मगनबाट टुङ-नागा हुँदै चुङ्थाङ जोड्ने सड़क विगत ११ महिनादेखि ठप्प छ। उत्तर सिक्किममा सड़क सम्पर्क स्थापना नगरिए राज्यको पर्यटन क्षेत्र व्यापक प्रभावित हुनेछ।

About The Author

Soongava Post

New digital media platform based in Sikkim.

सम्बन्धित पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईँले नहेरेका पोस्टहरू

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह