जगतगुरू शङ्कराचार्य स्वामी अविमुक्तेश्वारानन्द सरस्वती जी महाराजले गरे गौहत्यामाथि प्रतिबन्धको माग

गान्तोक, २५ सेप्टेम्बरः राष्ट्रव्यापी गो रक्षा प्रतिष्ठा आन्दोलन अन्तर्गत दुई दिनको सिक्किम भ्रमणमा रहेका जगतगुरू शङ्कराचार्य स्वामी अविमुक्तेश्वारानन्द सरस्वती जी महाराजले सिक्किमले गरेको आतिथ्य सत्कारलाई लिएर आभार व्यक्त गरेका छन्। अभियानका क्रममा उत्तर पूर्वी क्षेत्रको नागाल्याण्ड राज्य सरकारले आफ्नो प्रवेशमा रोक लगाएको तर सिक्किमले राज्य अतिथिको दर्जा दिएर सत्कार गरेको भन्दै उनले आभार व्यक्त गरेका हुन।

गो ध्वज स्थापना भारत यात्रामा निस्केका जगतगुरू शङ्कराचार्य स्वामी अविमुक्तेश्वारानन्द सरस्वती  जी महाराजले  बुधवार गान्तोकको ठाकुरबाड़ी (मन्दिर) मा गो ध्वजको स्थापनी पनि गरेका छन्। यसै यात्राका क्रममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शङ्कराचार्यले गौ हत्यालाई राष्ट्रिय रूपमा प्रतिबन्ध गर्नुपर्ने भारत सरकार समक्ष माग राखेका छन्।

गाईलाई माताको मान्यता दिनुपर्ने बताउँदै उनले सनातनी धर्ममा गाईलाई किन आमा भनिन्छ भनेर विस्तृत रूपमा प्रकाश पारे।  राष्ट्रव्यापी गो रक्षा प्रतिष्ठा आन्दोलन अन्तर्गत गो ध्वज स्थापना भारत यात्राको क्रममा दुई दिवसीय सिक्किम भ्रमणमा आएको र यो अभियान देशव्यापी रहेको शंकराचार्यले बताए।

आफूले कसैको मनोभावको अपमान नगरेको बताउँदै उत्तर पूर्वी राज्यका सरकारहरूलाई संवादमा आउन आग्रह गरेका छन्। देशमा सनातन धर्माका मानिसहरूको सङ्ख्या बढी रहेको तर आफ्नो अभियानलाई मानिसहरूसित संवाद गरेर मात्रै हल निकाल्ने आफ्नो मान्यता रहेको शङ्कराचार्यले बताएका छन्।

गाईलाई पशुको दर्जाबाट हटाएर माताको दर्जा दिलाउनु र देशमा गौ हत्यामाथि प्रतिबन्ध लगाउनु गो रक्षा प्रतिष्ठा आन्दोलनको प्रमुख उद्देश्य रहेको उनले बताए। यसका लागि मानिसहरूलाई सचेत गराउन विभिन्न मान्यता राख्ने मानिसहरूसँग संवाद गरेर समस्याको हल निकाल्न यात्रा आयोजन गरिएको जानकारी दिएका छन्। उनले भारत सरकारलाई यसबारे ठोष कदम उठाउन  आग्रह गरेका छन्।

मङ्गवार राति सिक्किम आइपुगेका शङ्कराचार्य र सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले बुधवार बिहान राजभावनमा भेट गरेर संवाद गरेका थिए। शङ्करराचार्यको सिक्किम आगमनले राज्यलाई आध्यात्मिक उर्जा प्राप्त हुने साथै मार्गदर्शन प्राप्त हुने बताइएको छ। यस अवसरमा राज्यपालले शङ्कराचार्यलाई सम्मान जनाएका राजभवनले जानकारी दिएको छ। 

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह