गान्तोकमा हिल म्यारथान, सिक्किम सोल्जरथनको तयारीमा भारतीय सेना

गान्तोक, २२ सेप्टेम्बरः सेनाका जवानहरूको सम्मानमा आगामी २७ अक्टोबर, आइतबारको दिन गान्तोकको पालजोर स्टेडियममा पहिलोपल्ट हिल म्यारथन, सिक्किम सोल्जरथन आयोजन हुने भएको छ। फिटिस्तान-एक फिट भारतद्वारा भारतीय सेनाको पूर्वी कमान र त्रिशक्ति कोरको सहयोगमा यो हिल म्याराथन आयोजन हुने भएको हो। विशेषगरी देशका सैनिकहरूको बलिदान, उनीहरूको शौर्य र वीरताको सम्मानमा यो दौड आयोजन हुने भएको छ। यस म्यारथनमा भाग लिनका लागि पञ्जीकरणको अन्तिम मिति आगामी ३० सेप्टेम्बर, सोमबार रहेको छ।

म्यारथन पालजोर स्टेडियमबाट शुरु भएर गान्तोकको रमणीय ठाउँहरू हुँदै पुनः पालजोर स्टेडियममा आएर समाप्त हुनेछ। दौड २७ अक्टोबर बिहान ५.१५ बजी शुरु हुनेछ। यस म्यारथनमा अलग-अलग उमेर वर्गका लागि अलग-अलग दुरी तय गरिएको छ। दौडमा १८ वर्षदेखि माथिका धावकहरूका लागि २१ किलोमिटर, १४ वर्षदेखि माथिका लागि १० किलोमिटर, १० वर्षदेखि माथिकालाई ५ किलोमिटरको दौड राखिएको छ।  

छुट्टै विशेषता बोकेको यो म्याराथन राजधानी गान्तोकमा छुट्टै प्रकारको पहिलो म्यारथन हो। यस दौडमार्फत धावकहरूले सेनाका जवान, दिग्गजहरूसँग दौडने धेरै दुर्लभ र सुनौलो अवसर प्राप्त गर्नेछन्। यो म्यारथनलाई शारीरिक सहनशीलताको परीक्षा मात्र होइन, तर, हाम्रा सैनिकहरूको कहिले हान नमान्ने भावना, लचिलोपन, बहादुरी, साहस, दृढता र उनीहरूको चरित्रको उत्सवको रूपमा हेरिएको छ।

यो दौड आयोजना गर्नुको मुख्य उद्देश्य सिक्किमलाई खेलकुद पर्यटनको लागि मुख्य स्थान बनाउनु रहेको बताइएको छ। यस अर्थपूर्ण म्याराथनको माध्यमले, प्रत्येक वर्ष देशका शीर्ष धावकहरूलाई सिक्किम आउन आकर्षित गर्नु र सिक्किमलाई खेलकुद पर्यटनको दृष्टिले भ्रमण गर्नको लागि सबैभन्दा प्रतिष्ठित ठाउँको रूपमा देशको मानचित्रमा अङ्कित गर्नु मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

यसले सिक्किमको अर्थतन्त्रलाई मात्र नभई सिक्किमको संस्कृति, सभ्यता र सिक्किमेली जनताको परम्पराबारे पनि जागरूकता फैलाउने विश्वास गरिएको छ। कार्यक्रमले सिक्किममा लायन्स क्लब अफ गान्तोक ग्रीन्सद्वारा शुरु गरेको “नो टु ड्रग-यस टु स्पोर्ट्स” अभियानलाई पनि सहयोग पुऱ्याउनेछ।  दौडबारे सिक्किम सोल्जरथनको वेबसाइटमा गएर थप जानकारी लिन सकिनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह