अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको तयारीमा परी प्रकाशन

गान्तोक, २० सेप्टेम्बरः परी प्रकाशन सिक्किमले दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ। यस अवसरमा प्रकाशनले सिक्किमकी सर्जक डा. गीता निरौला र भीम ठटाललाई परी पुरस्कार प्रदान गर्नेछ। आगामी ३० सेप्टेम्बर र १ अक्टोबरका दिन गान्तोकको मनन केन्द्रमा आयोजना गरिने कार्यक्रमको अवसरमा परी पुरस्कार र प्यानल बहस मुख्य आकर्षण रहने प्रकाशनका अध्यक्ष सीपी शर्माले जानकारी दिएका छन्।

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा देशको विभिन्न राज्य बाहेक नेपालबाट पनि साहित्यिक व्यक्तित्वको सहभागिता रहनेछ। अक्टोबर २०२० मा सोरेङमा स्थापित परी प्रकाशनले महकुमा स्तरमा साहित्यिक सम्मान, राज्यस्तरमा सम्मान कार्यक्रम गरेपछि यस वर्ष अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजन गर्ने भएको अध्यक्ष शर्माले बताए। दुई दिने कार्यक्रमको पहिलो दिन प्यानल डिस्कसन रहने जसका लागि पोखराबाट रामचन्द्र पोखरेल, असमबाट डा. ज्ञान बहादुर छेत्री र सुधीर छेत्रीको सहभागिता निश्चित भएको अनि कूल छजना प्यानलिस्ट हुने बताइएको छ। यसमा विशेष गरेर कलेजका विद्यार्थीलाई सहभागी गराइनेछ।

दोस्रो दिनको कार्यक्रममा राज्यस्तरमा छनौट गरिएका उच्चतर माध्यमिक विद्यालका विद्यार्थीको सामुहिक कविता वाचन, परी पुरस्कार, परी प्रकाशनले प्रकाशित गरेका सातवटा पुस्तकको लोकार्पण, साङ्गीतिक कार्यक्रम अन्य साहित्यिक कार्यक्रम सामेल रहने परी प्रकाशनका अध्यक्षले बताए।

प्रकाशनले शुरु गरेको परी पुरस्कारका लागि आमन्त्रित पुस्तकहरूबाट तीन स्तरमा छनौट गरेर पुरस्कार निर्धारण गरिएको बताइएको छ। यस वर्षदेखि शुरु गरेको पुरस्कार वार्षिक रूपमा पुरुष र महिला सर्जक दुवैलाई प्रदान गरिने अध्यक्ष सीपी शर्माले जानकारी दिए।

अक्टोबर २०२० मा स्थापना गरिएको परी प्रकाशनमा मुख्यमन्त्री पीएस गोले मुख्य संरक्षक रहेका छन्। प्रकाशनको प्राथमिक उद्देश्य आर्थिक अभावका कारण पुस्तक प्रकाशनमा समस्या भोगीरहेका लेखक/साहित्यकारलाई प्रकाशनका लागि सहयोग दिनु रहेको छ। स्थापनाको चार वर्षको अन्तरालमा लगभग २० वटा पुस्तक प्रकाशन गरिसकेको परी प्रकासनले विभिन्न स्तरमा सर्जक सम्मान कार्यक्रम पनि आयोजन गर्दै आएको छ।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह