एचएमआई र सिक्किम माउन्टेनरिङ एसोसिएशनले सम्भावित क्षेत्रमा सहकार्य गर्ने

गान्तोक,१९ सेप्टेम्बरः हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट (एचएमआई) र सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) बीच दार्जीलिङको एचएमआइमा एउटा महत्वपूर्ण बैठकमा धेरै महत्त्वपूर्ण विषयमा चर्चा भएको छ। एचएमआइका प्राचार्य ग्रुप क्याप्टेन जय किसन र एसएमएका कार्यकारीबीच बुधबार भएको बैठकमा कतिपय महत्वपूर्ण मुद्दाहरूमा सहकार्यको निम्ति सहमति पनि बन्यो। एसएमएका अध्यक्ष एभरेस्टर कुञ्जाङ ग्याछो, सल्लाहकार वाङपिङ थेण्डुप, महासचिव भाइचुङ योञ्जन अनि प्रवक्ता प्रवीण खालिङको टोलीले बैठकमा भाग लिएका थिए।

यस बैठकमा आउँदो दिनहरूमा एचएमआइले दिने पर्वतारोहणको बेसिक र एडभान्स कोर्समा एसएमएका युवा पर्वतारोहीहरूलाई अवसरको बारेमा विशेष चर्चा गरिएको थियो। जसको फलस्वरूप नोभेम्बरमा हुने प्रशिक्षणमा सिक्किमबाट सहभागिता रहने छ। यसैगरि एचएमआइ र एसएमएको संयुक्त पर्वतारोहण अभियानबारे पनि चर्चा गरिएको छ। जसले आउँदो मौसममा सिक्किम र लद्दाखमा संयुक्त पर्वतारोहणको निम्ति कार्यक्रम तय गरिने विषयमा बैठकमा छलफल गरिएको छ।

एचएमआइले एसएमएलाई आवश्यक परेका तनकिनी सहयोग दिन सधैँ तयार रहेको प्राचार्य ग्रुप क्याप्टेन जय किसनले आश्वासन दिएका छन्। योकसुममा सञ्चालनमा रहेका माउन्टेनरिङ एण्ड एडभेञ्चर इन्स्टिट्युड (एमएआई) मा पनि तकनिकी र अन्य सहयोगको साथमा एचएमआइले कार्य गर्नसक्ने सम्भावनाहरूको खोजी गरेर आउँदो दिनमा बैठकमा उठान गरिएको मुद्दाहरूलाई आधिकारिक रूपमा निर्णय लिएर सहकार्यको निम्ति पहल गरिने बैठकमा तय भएको छ।

एसएमएको तर्फबाट प्राचार्य किसनलाई स्मृति चिन्ह भेट गर्दै संस्थानको साथमा सुखद भावि यात्राको निम्ति कामना राखेको छ। उल्लेखनीय छ, सिक्किममा लामो समयदेखि सहासिक पर्यटनको दिशामा कार्य गर्दै आएको एसएमएले एचएमआईसित सहकार्य गर्ने भावि कार्यक्रमहरूले सफलता प्राप्त गरेको खण्डमा क्षेत्रको सहासिक पर्यटनको दिशामा महत्वपूर्ण सम्भावना बनाउने निश्चित देखिएको एसएमएका अध्यक्ष कुञ्जाङ ग्याछोले बताएका छन्।

जानकारी गराइन्छ सिक्किम माउन्टेनरिङ एसोसिएशनले राज्यमा पर्वतारोहणका लागि विशेष तालिम आयोजना गर्दै आएको छ। यसको पक्षबाट राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता लगातार रहेको छ भने सिक्किमका खेलाड़ीहरूको प्रदर्शन पनि उत्कृृष्ट रहँदै आएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह