एक राष्ट्र, एक चुनाउको सिफारिसलाई सिक्किमका मुख्यमन्त्रीले गरे समर्थन

गान्तोक, १९ सेप्टेम्बरः देशमा एकैसाथ चुनाउ गराउन पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वाधिन प्यानलले गरेको सिफारिस र केन्द्रिय क्याबिनेटले सिफारिसबारे दिएको स्वीकृतिलाई सिक्किमका मुख्यमन्त्री समर्थन गरेका छन। ‘एक राष्ट्र, एक चुनाउ’ प्रणालीलाई हिजो मात्र केन्द्रिय क्याबिनेटले स्वीकृति दिएको थियो जसलाई सिक्किमको पक्षबाट मुख्यमन्त्री पीएस गोलेले समर्थन गरेका छन्। एक राष्ट्र, एक चुनाउ प्राणलीलाई समर्थन गर्दै मुख्यमन्त्री पीएस गोलेले भनेका छन्, “देशमा लेकसभा र विधानसभा चुनाउ एकैसाथ गराउने साथै आम चुनाउको १०० दिनभित्र नगर नियाक र पञ्चायत चुनाउ एकैसाथ गराउने परिकल्पनालाई हामी दृढतापूर्वक समर्थन गर्छौं।”

उल्लेखनिय छ, केन्द्रमा सत्तामा रहेको नरेन्द्र मोदी नेतृत्वाधिन एनडीए सरकारले एक राष्ट्र एक चुनाउको परिकल्पना अघि बढाएको छ। यसका लागि पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वमा गठित प्यानलले आफ्नो सिफारिस बुझाएपछि यसलाई हिजोमात्र केन्द्रिय क्याबिनेटले स्विकृति दिएको थियो।

देशमा एकसाथ चुनाउका लागि गरिएको सिफारिश अनुसार चुनाउ प्रक्रिया दुई चरणमा कार्यान्वित गरिनेछ।
पहिलो चरण लोकसभा र विधानसभाको चुनाउ साथसाथै आयोजन गरिनेछ र दोस्रो चरणमा आम चुनाउको १०० दिनभित्र सबै स्थानीय निकायको (पञ्चायत र नगरपालिका) चुनाउ गराइनेछ। सबै चुनाउका लागि साझा मतपत्र हुने सिफारिस रहेको छ। यसलाई निचोडमा पुऱ्याउन देशव्यापी र विस्तृत चर्चा-परिचर्चा शुरु गरिनेछ साथै कार्यान्वयन समूह गठन गरिनेछ।

यस सिफारिसलाई समर्थन जनाउँदै मुख्यमन्त्री पीएस गोलेले भनेका छन, “म पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई पूर्ण रूपले प्रशंसा गर्छु। एक राष्ट्र, एक चुनाउलाई मैले हाम्रो लोकतन्त्रलाई अझ जीवन्त र सहभागितामूलक बनाउनका लागि उठाइएको एक महत्त्वपूर्ण कदम मानेको छु।”

मुख्यमन्त्री गोलेले एक राष्ट्र, एक चुनाउबारे आफ्नो विचार राख्दै भनेका छन “मेरो विचारमा देशभरी एकैसाथ चुनाउ गराउँदा आर्थिक दक्षता, सुव्यवस्थित चुनावी प्रयास र शासनका लागि एकीकृत दृष्टिकोणसहित महत्त्वपूर्ण लाभ हुनेछ। यस अतिरिक्त मतदाताहरूका लागि चुनावी प्रक्रिया सहज हुनेछ र चुनाउमा अधिक सहभागीता, तीब्र आर्थिक विकास साथै देशको अर्थव्यवस्थालाई स्थिरता प्राप्त हुनेछ।”

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह