देशमा एक साथ चुनाउ गराउने उच्च स्तरीय समितिको सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत

नयाँ दिल्ली, १८ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय क्याबिनेटले पूर्व राष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षता रहेको उच्च स्तरीय समितिको एक साथ चुनाउ गराउने सिफारि स्वीकार गरेको छ।
एक साथ चुनाउ : उच्च स्तरीय समितिको सिफारिशमा निम्न बुँदा सामेल छन्
१. सन् १९५१ देखि १९६७ बीच सबै चुनाउ एक साथ सम्पन्न गरिएका थिए।
२. विधि आयोग : १७० औं प्रतिवेदन (१९९९) : लोकसभा र सबै विधानसभाका लागि पाँच वर्षमा एक चुनाउ।
३. संसदीय समितिको ७९औं प्रतिवेदन (२०१५) : दुई चरणमा एक साथ चुनाउ गराउने तरिकाको सुझाउ पेश गरेको छ।
४. रामनाथ कोविन्दको अध्यक्षता रहेको उच्च स्तरीय समितिले राजनीतिक दल अनि विशेषज्ञहरूका साथ विस्तृत स्तरका हितधारकसँग व्यापक परामर्श गरेको छ।
५. प्रतिवेदन अनलाइन https://onoe.gov.in मा उपलब्ध छ।
६. देशमा एकसाथ चुनाउका लागि व्यापक समर्थन रहेको विस्तृत प्रतिक्रियाहरूले दर्शाउँदछ।

सिफारिश तथा भावी मार्ग :
१. दुई चरणमा लागू कार्यान्वित गरिनेछ।
२. प्रथम चरण : लोकसभा र विधानसभाको चुनाउ साथसाथै आयोजन गरिनेछ।
३. दोस्रो चरण : आम चुनाउको १०० दिनभित्र सबै स्थानीय निकायको चुनाउ (पञ्चायत र नगरपालिका) गराइनेछ।
४. सबै चुनाउका लागि साझा मतपत्र।
५. देशव्यापीर विस्तृत चर्चा-परिचर्चा शुरु गरिनेछ।
६. कार्यान्वयन समूह गठन गरिनेछ।
– स्रोत (पीआइबी)

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह