भाजपा सिक्किमले गऱ्यो सरकारको आर्थिक नीतिको आलोचना; श्वेतपत्र जारी गर्न माग

गान्तोक, १६ सेप्टेम्बरः सिक्किममा भ्रष्टाचार र सरकारको लापरवाहीले अर्थव्यवस्था डाँवाडोल बनेको आरोप लगाउँदै राज्यको आर्थिक अवस्थामाथि सरकारले श्वेतपत्र जारी गर्नुपर्ने भारतीय जनता पार्टी (भाजपा) सिक्किमले माग गरेको छ। सिक्किमको आर्थिक दृष्टिकोण तयार पार्नका लागि सरकारबाट श्वेतपत्र जारी हुनु वर्तमानको आवश्यकता रहेको भाजपा सिक्किमको तर्क छ।

सोमवार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर भाजपा सिक्किमका प्रवक्ता पासाङ शेर्पाले सिक्किम सरकारको आर्थिक नीतिको आलोचना गरे। यसका साथै उनले राज्यको भलाइका लागि सरकारले अन्य पार्टीको दृष्टिकोणलाई पनि विमर्ष गरेर अघि बड्नुपर्छ भन्ने सुझाउ राखेका छन्।

सिक्किम सरकारले हालै विभिन्न क्षेत्रमा गरेका कर वृद्धिको तिखो आलोचना गर्दै भाजपा प्रवक्ता पासाङ शेर्पाले सरकारको आर्थिक नीतिका कारण साधारण जनता मार्कामा परेका बताएका छन्। पर्यटन सरोकारवालाको अनिवार्य पञ्जिकरण, वाहनहरूको कर वृद्धि, साना ठिकादारहरूको बिल भुक्तानी नभएका विषयले सिक्किम जटिल अर्थिक सङ्कट तर्फ जाँदैछ भन्ने बताए।

२०१९ मा शुरु भएको कोरोना महामारी, २०२३ को टिस्टा त्रासादी, २०२४ मा भएको अत्याधिक वर्षा र पैह्रो अनि राष्ट्रिय राजमार्ग १० लामो समयसम्म बन्द भएको प्रकोपबाट सिक्किमको पर्यटन क्षेत्र व्यापक प्रभावित बनेको, महङ्गाइ चरममा पुगेकोले सिक्किम आर्थिक सङ्कटतर्फ गइरहेको अवस्थमा सरकारले गरेका कर वृद्धि जनपक्षमा नरहेको र यसले राज्यको विकास दरमा प्रतिकूल प्रभाव पर्ने शेर्पाले बताए। उनले कर वृद्धि बारे सरकारले समीक्षा गर्नुपर्ने माग गरेका छन्।

सिक्किम सरकारले नगपालिका क्षेत्रमा सम्पति कर लागू गर्ने साथै बिजुलीको बिल बढाउने पनि गरिरहेको शेर्पाले बातए। सबै क्षेत्रमा कर वृद्धि र अन्य कारणले व्यवसाय सञ्चालन जटिल बन्दै गएको र नयाँ सरकारी नोकरी पाउनेहरूले वेतन पनि नपाएका कारण सिक्किमको आर्थिक अवस्था ज्यादै नाजुक बनेको उनको भनाइ छ। सरकारको आर्थिक दृष्टिकोण स्पष्ट नहुँदा सिक्किमको अवस्था सोचनिय बन्दैछ भन्दै उनले सरकारले गरेको कर वृद्धिको विरोध गर्नुपर्ने साथै सहि आर्थिक नीतिलाई साथ दिनुपर्ने बताए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह