पश्चिम सिक्किमको गाउँदेखि फेमिना मिस इण्डियाको यात्रासम्म सारा हाङ्मा सुब्बा

गान्तोक, १६ सेप्टेम्बरः मिस टिन सिक्किम र मिस टिन इण्डियाको उपाधि जितिसकेकी सारा हाङ्मा सुब्बाले फेमिना मिस इण्डिया २०२४ मा सिक्किमको प्रतिनिधित्व गर्नेछिन। सिक्किमकी मोडल सारा हाङ्माले २०२२ मा यि दुवै उपाधि जितेकी थिइन तर उमेरका कारण उनले फेमिना मिस इण्डियामा सहभागी बन्ने अवसर पाएकी थिइनन्। यसवर्ष फेमिना मिस इण्डियामा अवसर पाएकी सारा हाङ्मा सुब्बाले यो अवसर आफ्नोलागि ठूलो हो भन्दै समर्थकहरूबाट सहयोगको आग्रह गरेकी छन्। उनी २०२२ मा मिस टिन युनिभर्समा टप टेन प्रतियोगी बन्न सफल भएकी थिइन्।

  १८ वर्षीय सारा हाङ्मा सुब्बा भन्छिन, “फेमिना मिस इण्डियामा भाग लिनेकुरा मेरो मनमा अचानक आएको होइन्। मैले कक्षा आठमा पढ्दादेखि नै यो प्रतिष्ठित प्रतियोगितामा भाग लिने सपना साँचेकी थिएँ। अन्ततः मेरो सपना साकार हुन गइरहेको छ। मैले प्रतियोगितामा मेरो राज्यलाई प्रतिनिधित्व गर्न जुन अवसर पाएकी छु त्यो मेरो लागि ठूलो कुरा हो सबैबाट अहिलेसम्म पाइरहेको सहयोग निरन्तर हुनेछ भन्ने विश्वास राखेकी छु।”

मुम्बईमा आयोजना हुने फेमिना मिस इण्डियाको ग्रुम सेसन २७ सेप्टेम्बरदेखि शुरु हुनेछ जसका लागि आफूले खटेर तयारी गरेको सारा हाङ्मा सुब्बाले बताएकी छन्। प्रतियोगितामा सबै राज्यबाट एक-एकजना प्रतियोगी रहनेछन् जसको फाइनल १६ अक्टोबरमा हुनेछ।

१३ वर्षको उमेरदेखि आफ्नो ग्रुमिङ यात्रा शुरु गरेकी थिइन र १५ वर्षमा मिस टिन सिक्किममा प्रतियोगी बनेर उपाधि पनि जितिन। यसपछि पूर्वोत्तर भारतलाई प्रतिनिधित्व गर्दै मिस टिन इण्डिया सिक्किमको उपाधि जितन साथै देशलाई प्रतनिधित्व गर्दै अमेरिकासम्म प्रतियोगितामा सहभागिता जनाउने अवसर पाइन्।

पश्चिम सिक्किमको सोमबारेकी सारा हाङ्मा सुब्बाले आफ्नो स्कूलको बरन्दाबाट ऱ्याम्प वाक सिक्न शुरु गरेकी थिइन् र आज देशको प्रतिष्ठित प्रतियोगितामा भाग लिने अवसर पाउँदा गौरवान्वित महशुस गरेकी छिन्। प्रतियोगितामा आफ्नो राज्यलाई सहि प्रकारले प्रतिनिधित्व गर्ने उनको विश्वास छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह