सिक्किम सरकारले लगायो सरकारी डाक्टरहरूलाई निजी अभ्यासमा प्रतिबन्ध; सेवाकाल बढाइने

गान्तोक, १६ सेप्टेम्बरः सिक्किम सरकारले राज्यका मेडिकल डाक्टर र विशेषज्ञहरूलाई निजी अभ्यासमा प्रतिबन्ध लगाएको छ। सिक्सकम सरकार अधिनस्त सामान्य ड्युटीका डाक्टर, जनस्वास्थ्य शाखाका डाक्टर र विशेषज्ञ वर्गका चिकित्सकलाई निजी अभ्यासमा संलग्न हुन नपाउने बताएको छ। साथै, वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा सरकारी चिकित्सकहरूको अवकाश उमेर चार वर्ष बढाइएको छ।

सिक्किम सरकारको कार्मिक विभागले १३ सेप्टेम्बरमा एउटा अधिसूचना जारी गरेर जनरल ड्यूटी, सार्वजनिक स्वास्थ्य शाखा तथा सिक्किम स्वास्थ्य सेवा अन्तर्गत पर्ने विशेषज्ञ क्याडरका मेडिकल डाक्टरहरूलाई  निजी अभ्यासमा रोक लगाएको हो।

 राज्य सरकारले सरकारी चिकित्सकहरूको सेवानिवृत्ति आयु चार वर्ष बढाइदिएको छ। तथापि यो विस्तार ५८ वर्षको उमेरमा पुग्दा सम्बन्धित डाक्टरहरूको कार्यसम्पदाको वार्षिक मूल्याङ्कनको विषय हो र मूल्याङ्कन सेवाकालमा पछिल्ला पाँच वर्षको मापनयोग्य कार्यसम्पदान सूचकहरूमा आधारित हुनेछ।

चिकित्सकहरूको प्रदर्शनको मूल्याङ्कन गर्नका लागि सरकारले समितिको गठन पनि गरेको छ। राज्यका मुख्य सचिवको अध्यक्षतामा गठित समितिमा गृह, डीओपी  तथा स्वास्थ्य विभागका सचिव, एसटीएनएम अस्पतालका मुख्य चिकित्सा अधिकारी सम्बन्धित अस्पतालका चिकित्सा अधिकारी सदस्य र स्वास्थ्य विभागका प्रमुख निदेशक सदस्य सचिवका रूपमा समितिमा सामेल छन्।

यो समितिलाई सरकारको अधिनमा सेवारत डाक्टरहरूको उमेर ५८ वर्ष हुनुभन्दा कम् से कम एक वर्ष अघि उनीहरूको प्रदर्शन आकलन गर्ने साथै सेवाकाल बढाउने या नबढाउने भन्ने सम्बन्धमा सरकारलाई सिफारिश दिने जिम्मेवारी रहेको छ। समितिले सेवाकाल विस्तार गरिएका डाक्टरहरूके वार्षिक मूल्याङ्कन पनि गर्नेछ र यदि कोही डाक्टरको प्रदर्शन सन्तोषजनक नपाए सेवाकाल अघि नबढाउने सिफारिस गर्नेछ।

सिक्किम सरकारले गठन गरेको समितिद्वारा डाक्टरहरूको प्रदर्शन आकलन गर्नका लागि आकलन योग्य सङ्केतहरूको पहिचान साथै मानक तयार पार्न स्वास्थ्य विभागलाई निर्देश दिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह