गणेश कुमार राई बने सिटिजन एक्सन पार्टीका नयाँ अध्यक्ष

गान्तोक, १५ सेप्टेम्बर: गणेश कुमार राई सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नयाँ अध्यक्ष चुनिएका भएका छन् । पार्टीले आयोजन गरेको चुनाउ प्रक्रियाबाट उनी निर्विरोध निर्वाचित भएका छन्। पार्टीका निवर्तमान अध्यक्ष भरत बस्नेतले नयाँ अध्यक्षका सम्भावित तीन नाम प्रस्तावित गरेको भए तापनि एलपी काफ्ले र सुमती छेत्रीले आफूहरु अध्यक्षको दौडमा नरहेको स्पष्ट गरेपछि गणेश कुमार राई निर्विरोध पार्टीको नयाँ अध्यक्ष निर्वाचित भएका छन्।
सीएपीले शनिवार प्रेस विज्ञप्तिमा जारी गरेर भनेको छ, “सीएपी सिक्किमको अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा उच्चस्तरीय सभा सम्पन्न भयो । गत ७ सेप्टेम्बर. २०२४ को दिन पार्टीको केन्द्रिय कार्यकारिणी परिषदको निर्णय अनुसार पार्टी अध्यक्षले पार्टीका सम्पूर्ण कार्यकारिणी समिति, सीईसीको अनुमतिमा विघटन गरे ।”
विज्ञप्ती अनुसार सिटिजन एक्सन पार्टी अध्यक्षले नयाँ अध्यक्षका सम्भावित तीन नाम प्रस्तावित गरेको भए तापनि दुई उम्मेदवार एलपी काफ्ले र सुमती छेत्रीले आफूहरु अध्यक्षको दौडमा नरहेको बताएपछि गणेश कुमार राई पार्टीको नयाँ अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन्। पार्टीको चुनाउ परिषदका अध्यक्ष हरिबहादुर राईले संविधानको धारा २७ (डी) को आधारमा गणेश कुमार राई नयाँ अध्यक्ष निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरे । निर्वतमान पार्टी अध्यक्ष भरत बस्नेतले आफ्नो सम्बोधनमा नयाँ अध्यक्षलाई सफल कार्यकालको शुभेच्छा प्रकट गर्दै सिक्किमको भविष्यको निम्ति अब यो पार्टीले लामो यात्रा गर्नुपर्ने बताए । आफू निरन्तर यो पार्टीको हित र सिक्किमे नागरिकको हितमा आवाज उठाइ रहने बताउँदै पार्टीलाई सेवा पुऱ्याइ रहने बताएका विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनिर्वाचित पार्टी अध्यक्ष गणेश कुमार राईले पूर्व अध्यक्ष एलपी काफ्ले र निर्वतमान अध्यक्ष भरत बस्नेतको योगदानलाई सदैव शीरमा राखेर अघि बढ़ने बताए । पार्टीको सर्वाङ्गिण हितको निम्ति सबै एकजुट हुनुपर्ने बताउँदै राईले अत्यन्त गम्भीर भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह