गान्तोक, १५ सेप्टेम्बर: पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने भारतीय आर्चरी टोलीले हस्ताक्षर गरेको आधिकारिक टीम इण्डिया ओलम्पिक जर्सी मुख्यमन्त्री पीएस गोलेलाई प्रदान गरिएको छ।
शनिवार मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा अन्तर्राष्ट्रिय आर्चर तथा पद्मश्री पुरस्कार विजेता तरुणदीप राईले मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेर जर्सी हस्तान्तरण गरेका
हुन्।
मुख्यमन्त्रीले भारतीय भारतीय आर्चरी टोलीलाई हार्दिक बधाई दिँदै जर्सी प्राप्त भएकोमा हर्षित भएको बताए । उनले आर्चरी खेलाडीहरूको सफलताको कामना गर्दै देशको प्रतिष्ठा बढाउने कार्य निरन्तर रहोस् भनी बताएका छन्।





