गान्तोक, १३ सेप्टेम्बरः कथित भ्रष्टाचारी अधिकारीहरू विरुद्ध कारबाहीको क्रममा सिक्किम सतर्कता पुलिसले स्टेट ब्याङ्क अफ सिक्किम (एसबीएस) का एक अधिकारीको आवासीय र आधिकारिक परिसरमा छापा मारेर अपराधी कागजात जफत गरेको छ। २०१७ देखि २०२१ को समावधिमा ब्याङ्कका ग्राहकहरूबाट धेरै मात्रामा घुस लिएको, षड्यन्त्र गरेको आरोपमा अधिकारीविरुद्ध एफआईआर दर्ता भएको थियो।
सतर्कता पुलिसले दिएको जानकारीअनुसार आरोपित अधिकारीले हजारौंदेखि लाख रुपियाँसम्मसम्म घुस मागेका थिए, जो ग्राहकहरूको खाताबाट उनको ब्याङ्क खातामा ट्रान्सफर भएको छ। कथित आरोपी अधिकारीको मङ्गन र फुदोङ स्थित ठेगानामा छापा मारिएको बताइएको छ।
सतर्कता पुलिसले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो अभियान सिक्किमको ब्याङ्किङ क्षेत्रमा भ्रष्टाचार विरुद्ध लड्न लड्ने एक महत्वपूर्ण कदम हो। सिक्किम सतर्कता पुलिसको यो प्रयास भ्रष्टाचारलाई जरैदेखि उखेल्ने र जवाफदेहिता सुनिश्चित प्रतिबद्धता रहेको बताइएको छ। सिक्किम सतर्कता पुलिसले एउटा प्रेस विज्ञप्ति जारी गरेर एसबीएसका कथित भ्रस्टाचारी अधिकारी विरुद्ध भएको नयाँ कारबाही बारे जानकारी दिएको हो।





