प्रेस क्लब अफ सिक्किमले आयोजना गर्ने नवोदित मिडियाकर्मीका लागि कार्यशाला

गान्तोक, १२ सेप्टेम्बरः प्रेस क्लब अफ सिक्किमले राज्यका पत्रकारहरूको निम्ति तीन दिवसीय लघु मियाधी पाठ्यक्रम, आयोजना गर्ने भएको छ। कार्याशाला १३ देखि १६ सेप्टेम्बरसम्म हुनेछ। प्रेस क्लब अफ सिक्किमको पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिअनुसार शुक्रवार १३ सेप्टेम्बरको कार्यशालाको उद्घाटन हुनेछ जसको जसको उद्घाटन सत्रमा सिक्किम सरकारको ग्राम विकास तथा सहकारिता विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथिका रूपमा उपस्थित रहने छन्। यस अवसरमा सूचना तथा जनसम्पर्क विभागका सल्लाहकार एवं पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका विधायक एलबी दास विशिष्ट अतिथिका रूपमा उपस्थित रहने बताइएको छ।

१३ देखि १५ सेप्टेम्बरसम्म आसाम लिङ्जे स्थित सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-को प्रशिक्षण हलमा आयोजना गिने यस पाठ्यक्रममा भारतीय जनसञ्चार संस्थानका क्षेत्रीय निर्देशक प्रो.मृणाल च्याटर्जी, वरिष्ठ पत्रकार विवेक छेत्री, सिक्किम पुलिसका एडीजीपी अक्षय सचदेवा, सिक्किम विश्वविध्यालयबाट सहायक प्रोफेसर पूजा बस्नेत, वरिष्ठ पत्रकार तथा पूर्व विधायक हर्कबहादुर छेत्री, सिक्किम राज्य महिला आयोगकी सदस्य सचिव युसा लाचेनपा, वरिष्ठ अधिवक्ता टाशी राब्देन भोटिया, वरिष्ठ पत्रकार पेमा वाङचुक आदि प्रमुख स्रोत वक्ता रहनेछन्।

वित्रप्ति भनिएको छ, “समय सापेक्ष पत्रकारिताको विकास साथै राज्य स्थापनाको ५० औँ वर्षगाँठको अवसरलाई पारेर आयोजित यस पाठ्यक्रमको उद्देश्य राज्य र राष्ट्रको विकासमा पत्रकारताको जिम्मेवारी बोध गराउनु  पनि हो।”

यो कार्यशाला सिक्किमको पत्रकारिताको क्षेत्रमा योगदान दिइरहेका नवोदित मिडियाकर्मीलाई पत्रकारिताको आधारभूत ज्ञान प्रदान गर्नु र उनीहरूको क्षमता विकास गर्ने  उद्देश्यले प्रेस क्लब अफ सिक्किमले  पाठ्यक्रम तयार गरेको छ। पाठ्यक्रममा कोर्ट रिपोर्टिङ, विधानसभा, अपराध, महिला तथा बाल हिंसा, पर्यावरण, सामाजि तथा आर्थिक र अन्य विषयलाई प्राथामिकता दिइने छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    गान्तोक: भारतीय सेनाको १७औं पर्वतीय खण्डका नवनियुक्त जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल एमएस रठौडले सोमबार बिहान सरकारी निवासमा मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। यस भेट अवसरमा मुख्यमन्त्रीले निवर्तमान…

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    गान्तोकः पर्यटन विकासका लागि आयोजित अन्तराष्ट्रिय युवा सम्मेलनमा सिक्किमको प्रतिनिधित्व गर्दै दक्षिण सिक्किमको याङगाङ पर्टयटन विकास समितिले पाँच दिनको सम्मेलनमा भाग लिएको छ। ओडिसाको सम्बलपुर जिल्ला अन्तर्गत जीएम विश्वविद्यालयमा १४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सेनाका नवनियुक्त जीओसीद्वारा मुख्यमन्त्रीसंग भेट

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    सिक्किमको प्रतिनिधित्व गर्दै याङगाङ पर्यटन विकास समितिले भाग लियो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    एसकेएमले मनायो भव्यताका साथ 16औं रोलु दिवस

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट

    गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट