नशामुक्त सिक्किम नशामुक्त भारत; सिक्किमका १९९ ग्राम पञ्चायतमा जनचेतना ऱ्याली आयोजित

गान्तोक, १२ सेप्टेम्बरः समाजलाई नशामुक्त बनाउने अभियानलाई टेवा दिंदै सिक्किमका 199 वटा ग्राम पञ्चायतले आज एकैसाथ जनचेतना ऱ्याली आयोजन गरे। राज्यका सबै ग्राम पञ्चायतले नशामुक्त भारत नशामुक्त सिक्किम अभियानलाई सफल गराउनका लागि तृणमूल स्तरमा जनचेतना गराउन ऱ्याली आयोजन गरेका हुन्। “हामी सबैको जिम्मेवारी नशामुक्त सिक्किम, नशामुक्त भारत” भन्ने नाराका साथ आयोजित जनचेतना ऱ्यालीमा सबै ग्राम पञ्चायतमा पर्ने विद्यालयका विद्यार्थी, ग्रामीण स्वास्थ्य संस्था, जिल्ला तथा ग्राम पञ्चायत, सामाजिक कार्यकर्ता र गाउँलेहरूले सहभागिता जनाएका थिए।

यसै अभियान अन्तर्गत गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष बलाराम अधिकारीको सक्रिय सहभागितामा साम्दोङ कम्बल ग्राम पञ्चायतले वृहत जनचेतना ऱ्याली आयोजन गऱ्यो। साम्दोङ जिरो पोइन्टदेखि संस्कृत महाविद्यालयसम्म ऱ्याली आयोजन गरिएको थियो जसमा सहभागी विद्यार्थी र अन्यले नशामुक्ति सम्बन्धि चेतनामूलक नारा लेखिएका प्लाकार्ड बोकेर ऱ्यालीमा भाग लिए।

ऱ्यालीको समापनपछि संस्कृत महाविद्यालको प्राङ्गणमा आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष बलाराम अधिकारीले नशालु पदार्थको सेवन र यसको नकारात्मक प्रभाव ग्रामीण स्तरसम्मको समस्या बन्दै गएकाले यसबाट मुक्त पाउन सामूहिक पहल हुनुपर्ने आग्रह गरे। उनले विद्यार्थी र पञ्चायतहरूलाई नशामुक्त समाज निर्माणका लागि तल्लो स्तरसम्म जनचेतना गराउने सहयोगी बन्न आग्रह गरेका छन्।

नशामुक्त भारत नशामुक्त सिक्किम केन्द्र र राज्य सरकारको संयुक्त पहल रहेको उल्लेख गर्दै जिल्ला पञ्चायत अध्यक्ष बलाराम अधिकारीले सिक्किमका छवटै जिल्लाका जिल्ला पञ्चायतले आज एकैसाथ, एकै प्रकारको ब्यानर र एउटै नारामा आयोजन गरेको बताए। यस शान्ति ऱ्यालीको माध्यमबाट लागू औषध सेवन गर्ने मानिसहरूलाई यसबाट छुटकारा दिलाउने उद्देश्य राखिएको बताए। विद्यार्थीलाई सहभागी गराएर मात्र स्वास्थ्य समाज निर्माण गर्न सकिने भएका कारण विद्यार्थीलाई ऱ्यालीमा सहभागी गराइएको र उनीहरूले कुलतमा फसेका मानिसहरूलाई मुक्ति दिलाउने कार्यमा सहयोग दिनुपर्ने बताए। आज विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम आयोजन गरेपछि अब अभियान बारे थप सचेत गराउन विभिन्न विद्यालय स्तरमा पनि कार्यक्रम आयोजना गरिने बताए।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह