केन्द्रिय मन्त्रीमण्डलले दियो “मिशन मौसम”लाई स्वीकृति

नयाँ दिल्ली, १२ सेप्टेम्बरः केन्द्रिय मन्त्रीमण्डलले आगामी दुई वर्षका लागि २,००० करोड रुपियाँ परिव्ययका साथ मिशन मौसमलाई स्वीकृति प्रदान गरेको छ। मिशन मौसमलाई मुख्य रूपमा पृथ्वी विज्ञान मन्त्रालयद्वारा कार्यान्वित गरिनेछ। यस मिशन अन्तर्गत भारतको मौसम अनि जलवायु सम्बन्धी विज्ञान, अनुसन्धान अनि सेवाहरकूलाई व्यापक प्रोत्साहन प्रदान गर्न एउटा बहुआयामी र परिवर्तनकारी पहलको परिकल्पना गरिएको छ। मौसमको चरम घटना अनि जलवायु परिवर्तनको प्रभालाई सम्बोधित गर्न नागरिक अनि देशका प्रत्येक उपयोगकर्तासहित हितधारकलाई समुचित रूपमा तयार गर्न यसले सहयोग गर्नेछ। यस महत्त्वकाङ्क्षी कार्यक्रमले दीर्घकालमा

समुदाय, क्षेत्र इनि परितन्त्रको क्षमता एवं अनुकूलनलाई व्यापक बनाउन सहायता गर्नेछ।

मिशन मौसमको अंशका रूपमा भारत वायुमण्डलीय विज्ञान, विशेष रूपमा मौसम निगरानी, मोडलिङ, पूर्वानुमान अनि प्रबन्धनमा अनुसन्धान एवं विकास तथा क्षमतालाई तेजीका साथ विस्तार गरिनेछ। उन्नत अवलोकन प्रणाली, उच्च प्रदर्शनकारी कम्प्युटिङ र आर्टिफिशियल इन्टेलिजेन्स र मशिन लर्निङ जस्ता अत्याधुनिक प्रौद्योगिकीलाई एकिकृत गरी मिशन मौसमलाई बढी स्पष्टताका साथ मौसमको भविष्यवाणीका लागि एटा नयाँ मानदण्ड स्थापित गरिनेछ।

मिशनको केन्द्रमा अस्थायी अनि स्थानिक परिमाणमा बढी सटीक अनि समयमा मौसम अनि जलवायुको जानकारी प्रदान गर्नका लागि अवलोकन अनि समझमा सुधार गर्नु सामेल रहनेछ, जसमा मनसूनको पूर्वानुमान, वायुको गुणस्तरका लागि चेतावनी, मौसमको चरम घटना अनि चक्रवात, कुहिरो, असीना अनि वर्षा अदिको प्रबन्धनका लागि मौसम सम्बन्धी उपाय, क्षमता निर्माण अनि जागरूकता फैलाउनु सामेल रहनेछ। मिशन मौसमको महत्त्वपूर्ण तत्वमा उन्नत सेन्सर, उच्च प्रदर्शनकारी सुपर कम्प्युटरका साथ नयाँ पिँढीको रडार अनि उपग्रह प्रणालीको तैनाथी, असल पृथ्वी प्रणाली मोडलको विकास र वास्तविक समय डेटा प्रसारका लागि भौगोलिक सूचना प्रणाली (जीआइएस) आधारित स्वचालित निर्णय समर्थन प्रणाली सामेल रहनेछ।

मिशन मौसमले कृषि, आपदा प्रबन्धन, रक्षा, पर्यावरण, विमानन, जल संसाधन, विद्युत, पर्यटन, पोत, परिवहन, ऊर्जा र स्वास्थ्य जस्ता कैयौं क्षेत्रले सीधा लाभ प्राप्त गर्नेछ। यसले शहरी नियोजन, सडक एवं रेल परिवहन, अप-तटीय सञ्चालन एवं पर्यावरण निगरानी जस्ता क्षेत्र डेटा सञ्चालित निर्णय लिनमा पनि वृद्धि गर्नेछ।

पृथ्वी विज्ञान मन्त्रालयको तीन संस्थान – भारत मौसम विज्ञान विभाग, भारतीय उष्णकटिबन्धीय मौसम विज्ञान संस्थान र राष्ट्रिय मध्यम अवधि मौसम पूर्वानुमान केन्द्रले मुख्य रूपमा मिशन मौसमलाई लागू गर्नेछन्। यी संस्थानलाई राष्ट्रिय अनि अन्तरराष्ट्रिय संस्थान, शिक्षाविद एवं उद्योगको सहयोगका साथसाथै पृथ्वी विज्ञान मन्त्रालयका अन्य संस्थान (भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्र, राष्ट्रिय ध्रुवीय एवं महासागर अनुसन्धान केन्द्र र राष्ट्रिय महासागर प्रौद्योगिकी संस्थान) द्वारा सहयोग गरिनेछ, जसबाट मौसम अनि जलवायु विज्ञान तथा सेवाहरूमा भारतको नेतृत्त्वमा वृद्धि गर्नसकियोस्।

-स्रोत पीआईबी

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह