मुख्यमन्त्रीले दिए महिला फुटबलर निमिता गुरुङलाई शुभकामना

गान्तोक, १० सेप्टेम्बरः एएफसी महिला च्याम्पियन्स लीगमा ओडिया एफसी (आईडब्ल्यूएल) को पक्षबाट भारतयी टिममा खेलिरहेकी सिक्किमकी खेलाडी निमिता गुरुङलाई दोस्रो चरणको क्वालिफाइङ खेलको सफलताका लागि मुख्यमन्त्री पीएस गोलेले शुभकामना दिएका छन्। हालै जोर्डनमा सम्पन्न लीगको पहिलो क्वालिफाइङमा टीमसँग विजय हासिल गरेकी निमिता गुरुङले आज मुख्यमन्त्री पीएस गोलेसँग भेट गर्ने अवसर पाइन।

सोरेङ जिल्लाको रिञ्चेबुङ निवासी प्रतिभाशाली फुटबलर निमिता गुरुङप्रति गौरव गर्दै मुख्यमन्त्री गोलेले निमिता र उनको टीमलाई बधाई दिएका छन्। एएफसी महिला च्याम्पियन्स लीगको दोस्रो क्वालिफाइङ खेल भियतनाममा हुनेछ। निमिताले हामीलाई सधैं गर्व गर्ने अवसर दिइरहुन् भन्दै मुख्यमन्त्रीले आगामी खेलका लागि शुभकामना दिएका छन् ।  

एएफसी महिला च्याम्पियन्स लीगमा ओडिया एफसीले सिङ्गापुरको लायन सिटी सेलर्स एफसीलाई ४-१ गोलको फराकिलो अन्तर र जोर्डनको ईतिहाद क्लबलाई २-१ गोलको अन्तरले पराजित गरेको थियो। ओडिशाको पक्षबाट दुवै गोल जेनिफर येबोआले गरेकी थिइन्। यो जितपछि ओडिया एफसीले समूह चरणमा आफ्नो स्थान सुनिश्चित गरेको हो। ६ अंकका साथ आफ्नो पहिलो चरणमा शीर्ष रहेको ओडिशाको यात्रा अब ग्रूप सीमा हुनेछ। नकआउट चरणमा स्थान बनाउनका लागि ओडिशाले जापानको उरावा रेड डायमण्ड लेडिज, भियतनामको हो ची मिन्ह सिटी एफसी र चीनि ताइपेको ताइङ्चु ब्लू व्हेल महिला फुटबल टीमसँग खेल्नुपर्नेछ। समूह चरण लीग ६ देखि १२ अक्टोबरसम्म हुनेछ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह