नशामुक्त अभियानः सिक्किमका सबै ग्राम पञ्चायतमा एकैसाथ जनचेतना कार्यक्रम गरिने

गान्तोक, १० सेप्टेम्बरः ग्रामीण स्तरसम्म पनि नशालु पदार्थको सेवन गर्ने सङ्ख्या बढेपछि नशामुक्तिबारे जनचेतना गराउन सिक्किमका जिल्ला तथा ग्राम पञ्चायत अघि आएका छन्। नशामुक्त समाज निर्माण साझा जिम्मेवारी रहेकाले जनचेतना आवश्यक बनेको पञ्चायतहरूले महशुस गरेका छन्। यो आवश्यकता बोध गरेका पञ्चायतहरूले आगामी १२ सेप्टेम्बरमा एकैसाथ सिक्किमका १९९ ग्राम पञ्चायतमा जागरुकता अभियान सञ्चालन गर्ने निर्णय लिएको जिल्ला पञ्चायतका अध्यक्ष तथा उपाध्यक्षहरूले मङ्लवार आयोजित पत्रकार सम्मेलनमा बताए।

गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष बलाराम अधिकारी, नाम्चीकी अध्यक्ष अञ्जिता राजालिम र पाकिम जिल्लाकी उपाध्यक्ष प्रभा प्रधानले गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा नशामुक्त समाज निर्माणका लागि साझा पहलको आह्वान गरेका छन्। सबैवर्ग अघि नआएसम्म नशामुक्त अभियान सफल नहुने भएकाले आगामी १२ सेप्टेम्बरमा एकैसाथ सबै ग्राम पञ्चायतमा जनचेतना ऱ्याली र कार्यक्रम आयोज गरिने निर्णय भएको भन्दै यसमा सबैपक्षलाई सहभागी बनिदिन आग्रह गरे।

नशामुक्त अभियानको निर्धारित जनचेतना कार्यक्रममा लागि जिल्ला पञ्चायतका अध्यक्ष र उपाध्यक्षले प्लाकार्ड पनि सार्वजनिक गरेका छन्। कार्यक्रममा सबै विद्यालयबाट पाँचौ श्रेणीभन्दा माथिका विद्यार्थीलाई सामेल गरिनेछ साथै सामाजिक संस्था, सरकारी कर्मचारी र ग्राम पञ्चायत स्तरमा रहेका अन्य संस्थान साथै सामजिक कार्यकर्तालाई पनि जनचेतनामा सहभागी गराइने बताइएको छ। सबै जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष र उपाध्यक्षले गत ३ सेप्टम्बरका सबै ग्राम पञ्चायतका सभापति र उपसभापतिसँग सभा गरेर दिशानिर्देश जारी गरेका छन्।

१२ सेप्टेम्बरमा आयोजन गर्ने कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको नशामुक्त भारत र मुख्यमन्त्री पीएस गोलेको नशामुक्त सिक्किमको परिकल्पना अनुरुप रहेको छ। जनचेतना कार्यक्रमका लागि जिल्ला पञ्चायतहरूले हामी सबैको जिम्मेवारी-नशामुक्त भारत नशामुक्त सिक्किमको नारा दिएका छन्। कार्यक्रम सबै ग्राम पञ्चायतमा एकैसाथ बिहान १०.३० बजे शुरु हुनेछ जसमा विभिन्न सन्देशमूलक प्लाकार्ड बोकेर जनचेतना ऱ्याली आयोजन गरिनेछ। ग्रामस्तरको कार्यक्रम पछि राज्यस्तरमा पनि जनचेतना कार्यक्रम आयोजन गर्ने लक्ष्य रहेको बताउँदै सिक्किमे समाजलाई नशामुक्त अभियान सफल बनाउन सहयोग दिन जिल्ला पञ्चायत अध्यक्ष र उपाध्यक्षहरूले आग्रह गरेका छन्।  

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह