पाकिम, १० सेप्टेम्बरः सिक्किम सरकारले मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजना अन्तर्गत नाम्चेबुङ निर्वाचन क्षेत्रमा पाँच जना लाभार्थीलाई जमिन प्रदान गरेको छ। निर्वाचन क्षेत्रको सुमिन लिङ्जे ग्राम पञ्चायत इकाईका धनराज राई, हर्कबहादुर राई, मान प्रसाद मगर, सूर्य बहादुर मगर र तिलिक सिंह राईलाई ४०x६० फुट (२४०० वर्गफुट) जमिन आवन्टित गरिएको हो। सरकारले समाजमा खाँचोमा परेकाहरूलाई सहयोग गर्ने र उत्थान गर्ने स्पष्ट उद्देश्यका लाभार्थीलाई प्रदान गरिएको बताइएको छ।
सिक्किम सरकारको यो पहल गरिबी रेखामुनि रहेका मानिसहरूको कल्याणका लागि तयार पारिएको हो, जो आफ्नो जीवनस्तर बढाउन र आफ्नो परिवारका लागि असल भविष्य सुरक्षित गर्न प्रयासरत छन्। लाभार्थीहरूलाई दिने सहयोग र कागजाक क्षेत्र विधायक राजु बस्नेतको निर्देशनमा तयार पारिएको थियो।
मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनालाई जिल्लापालले निगरानी गर्दै आएका छन्। सरकारले तोकेको नियमहरू अनुसार योजना कार्यान्वयन भएको सुनिश्चित वार्ड पञ्चायतले गर्नु पर्दछ। यि पाँचजना लाभार्थीलाई सम्बन्धित वार्ड पञ्चायतको उपस्थितिमा रम्फूका महकुमा अधिकारी थेन्डुप लेप्चाले सोमवार जमिनको आधिकारिक आवन्टन आदेश लाभार्थीहरूलाई हस्तान्तरण गरे।
-आईपीआर विभागको विज्ञप्तिबाट





