गान्तोक, १० सेप्टेम्बरः महिलाविरुद्ध हुने गरेका अपराधको विशेष जाँच गर्ने उद्देश्यसहित कालेबुङ जिल्ला पुलिसले ९ सेप्टेम्बरदेखि अपराजिता टास्क फोर्स गठन गरेको छ। नवगठित टास्क फोर्समा एकजना डीएसपी, ६ जना महिला सब-इन्स्पेक्टर, ९ जना सब-इन्स्पेक्टर, ४ जना एएसआई, २ जना अन्य एएसआई र ८ जना कन्स्टेबल समावेश गरिएको छ।
जिल्लामा अपराजिता टास्क फोर्स गठनको उद्देश्यबारे कालेबुङ जिल्ला अतिरिक्त पुलिस अधिक्षक पूर्णीमा शेर्पाले एक पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन्। उनले बताएअनुसार, उक्त टास्क फोर्सले महिला विरुद्धका अपराधको अनुसन्धानको काम गर्नेछ।
यो टास्क फोर्समा कालेबुङ जिल्लाका विभिन्न पुलिस थानामा काम गरेका र अपराधका मामिलाको छानबिनमा उत्कृष्ट प्रदर्शन गर्ने पुलिस अधिकारी र कर्मचारीलाई सामेल गरिएको छ। टास्क फोर्सले महिला हिंसा र अन्य महिला सम्बन्धी अपराधका घटनाहरूको छिटो र प्रभावकारी अनुसन्धान गर्न मद्दत गर्ने अपेक्षा गरिएको अतिरिक्त पुलिस अधिक्षक पूर्णीमा शेर्पाले जानकारी दिएकी छन्।





